site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
इजरायलमा रहेका नेपालीलाई स्थानीय सुरक्षा प्रोटोकलबारे जानकार रहन दूतावासको अनुरोध
गाजामा भएको आक्रमण ।

काठमाडौं । इजरायलमा रहेका नेपालीलाई त्यहाँको नेसनल इमर्जेन्सी पोर्टलबाट अध्यावधिक स्थानीय सुरक्षा प्रोटोकलबारे जानकार रहन अनुरोध गरिएको छ ।

इजरायलस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै त्यहाँ पछिल्लो समय विकसित परिस्थितिलाई मध्यनजर गर्दै यस्तो अनुरोध गरेको हो । जुनसुकै बेला इजरायली होम फ्रन्ट कमाण्डद्वारा सर्वसाधारणका लागि नयाँ निर्देशनहरू जारी हुन सक्ने भन्दै प्रोटोकलबारे जानकार रहन भनिएको हो ।

उक्त प्रोटोकलहरू पालना गर्न र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन एवं सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत दूतावासले अनुरोध गरेको छ ।

साथै, दूतावासको वेबसाइटमा रहेको फाराम भर्न छुटेका इजराइलमा रहेका नेपाली नागरिकहरूले आफ्नो विवरण अनिवार्य रूपमा भर्न समेत अनुरोध गरिएको छ ।  

हमासले अक्टोबर ७ मा दक्षिणी इजरायलमा गरेको आक्रमणले युद्ध सुरु भएको थियो । आक्रमणमा अधिकांश सर्वसाधारणसहित एक हजार १९७ व्यक्तिको मृत्यु भएको थियो ।

आक्रमणका क्रममा हमासका लडाकुहरूले २५१ बन्धकलाई पनि कब्जामा लिएका छन् । यसमध्ये १११ अझै पनि गाजामा बन्धक छन् र ३९ जना मारिएका छन् । हमासविरुद्ध इजरायलको प्रतिशोध अभियानमा गाजामा कम्तीमा ३९ हजार ४८० को मृत्यु भएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  २३:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro