site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
SkywellSkywell
सफल जीवनको लागि दाम्पत्य सम्बन्धको व्यवस्थापन

जीवनका क्रममा जन्मदेखि मृत्युसम्मको यात्रामा धेरै कुराको व्यवस्थापन गर्दै अगाडि बढ्नुपर्ने हुन्छ । सानोतिनो कुरालाई पनि व्यवस्थापन गर्न नसक्दा कतिपय घटना भएको सुनिएको  हुन्छ । यस्को ज्वलन्त उदाहरण हालै अमेरिकामा भएको घटना हो । यो एउटा प्रतिनिधि घटनामात्रै हो । यस्ता धेरै घटनाबारे आजभोलि दिनहुँ सामाजिक संजाल र पत्रपत्रिकामा चर्चा भएको हुन्छ ।

नेपाली महिलाहरूको  पतिपत्नीको कलहकै कारण हत्या भएका धेरै घटना छन् । अनि यस्तो घटनाको नजिकसम्म किन एउटा सुखद दम्पति पुग्यो भन्ने मलाई लग्यो  । मैले केही वर्षअगाडि लेखेको 'नाइन च्याप्टर अप लाइफ मेनेजमेन्ट' भन्ने किताबको तेस्रो चाप्टरमा लेखेको पतिपत्नीको सम्बन्धको व्यवस्थापनसम्बन्धी जानकारी सबैसामु राख्न उपयुक्त ठानेर उक्त किताबको छोटो विवेचना गर्ने जमर्को गरेको छु ।

जीवनमा पतिपत्नीको सम्बन्धको व्यवस्थापनको आवश्यकता अहिले निकै बढेको देखिएको छ  । अहिलेको समयमा एकआपसको विचार बुझेर समयअनुसार विवाहित जोडीले एकअर्कोको व्यवस्थापन कसरी गर्ने र परिवारको पूरै व्यवस्थापन कसरि गर्ने भन्ने यस लेखमा संक्षेपमा लेखेको छु । 

Dabur Nepal
NIC Asia

'नाइन च्याप्टर अप लाइफ मेनेजमेन्ट' भन्ने किताबको पहिलो अध्यायमा स्वयंको  व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा प्रस्ट पारेको छु । त्यस्तै दोस्रोमा आफ्नो बाआमासँगको  सम्बन्धको  व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा छ । किताबको तेस्रो चाप्टरमा लेखेको पतिपत्नीको सम्बन्धको व्यवस्थापनको विषयमा यो लेख केन्द्रित छ । 

चौथो अध्यायमा सन्तानहरूसँगको सम्बन्धको व्यवस्थापन कसरी गर्ने भन्ने चर्चा गरिएको छ भने पाचौँमा आफन्तहरूसँगको सम्बन्धको व्यवस्थापनका विषयमा वर्णन गरिएको छ । छैटौं चाप्टर साथीभाइको बारेमा छ भने सातौंमा पढाइ, पुरानो कुरा बिर्सने र नयाँ कुरा सिक्ने व्यवस्थापन कसरी गर्ने भन्ने छ । अठौँ चाप्टरमा आफ्नो पेसागत दक्षतालाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा र अन्तिम चाप्टरमा समाजका लागि गरिने योगदानको व्यवस्थापनको चर्चा छ । 

bihe-sambanda-1725420854.JPG
 

माथिको चित्रमा पतिपत्नी विवाह बन्धनमा बाँधिएपछि सुरुदेखि बुढेसकालसम्म हुने राम्रो र नराम्रो समयको उतारचको मनोभाबको  रेखा चित्रण गरिएको छ । विवाहलगत्तैको समय 'हनिमुन' अवस्थामा रहन्छ । केही समयपछि दुवै परिवारको आफ्नो रीतिरिवाजअनुसारका इच्छालाई व्यक्त गर्दा पति र पत्नी दुवैमा केही मनमुटाव हुनु स्वाभाविक देखिन्छ । बिस्तारै समय बित्दै जाँदा सन्तानको  जन्म भएसँगै  पतिपत्नीबीचका मनमुटाव केही कम हुँदै जान्छन् र चित्रमा देखाएजस्तै खुसी बढेको अनुभव हुन्छ । चित्रमा बिस्तारै खुसीको ग्राफ बढ्दै गएको देखिएको छ । तर, केही दम्पतीले यस्तो अवस्थाका बारेमा जानकारी नहुँदा सानोतिनो झगडालाई व्यवस्थापन गर्दा आफ्नो पति वा पत्नीको सम्बन्ध विच्छेद, हिंसा र हत्या गर्नेसम्मको अवस्थामा पुगेका समाचार हामी पढ्न पाउँछौ जुन अत्यन्त दुःखद कुरा हो । 

व्यवस्थापन विज्ञका नाताले सवै विवाहित जोडीलाई भन्न चाहन्छु जीवनमा सुखदुःख र सानोतिनो झगडा हुनु परिवारिक संस्थाको वर्षौंदेखि चलिआएको सामान्य कुरा हो  । रिस उठेको बेलामा संयम गुमाएर आफ्नो जीवन साथीमाथि ठूलो अपराध गर्नु र पछि फुर्सतमा पछुताउने गर्नु दुःखदायी अवस्था हो । रिस उठ्ने अवस्थासम्म नै नपुगी एक अर्कोमा माया प्रेमभाव प्रकट गरेर सनितिनो नमिलेको एक आपसमा सल्लाह गरेर हल गर्नु विवाहित जोडीका लागि उत्तम हो  । अहिलेको समयमा परिवार, देश र समाजभन्दा धेरै टाढा छरिएर बस्नुपर्ने हुनसक्छ  । मानिसको जन्मदेखि मृत्युसम्मको यात्रामा धेरै कुरालाई व्यवस्थापन गर्दै अगाडि बढ्नुपर्ने हुन्छ । यस्ता कुरालाई संयमित भएर सोचेर सबैभन्दा पहिले आफू र आफ्नो पत्नी वा पतिको सम्बन्धको व्यवस्थापन गर्नुपर्छ ।
 
पति र पत्नीको सम्बन्धको व्यवस्थापनको जग भनेको एक अर्काप्रतिको सम्मान हो  । फरकफरक मान्छेको दिमाग सोच फरक हुनु स्वाभाविक कुरा हो  । बिस्तारै समयसँगै एक अर्काको सोचको  बारेमा जानकार भएर व्यवहार गर्दै गएमा  दुवैको कुरा मिल्दै जान्छन् । कसैलाई छोटो समयमा नै एकअर्कालाई बुझ्ने समय पर्याप्त हुन्छ भने कसैलाई तीन चार वर्षसम्म लाग्न सक्छ  । तर, समयलाई सबै कुरा छोड्यो भने वैवाहिक जोडीले एकआपसमा बुझेर काम गर्न सहज वातावरण बन्दै जान्छ । छोराछोरी जन्मिएपछि झन् समझदारी र सम्बन्ध प्रगाढ भएर जान्छ । त्यसैले सानोतिनो कुरामै निराश भएर छुट्टिने वा हिंसासम्मका घटना हुने अवस्थामा पुग्नु हुँदैन  । 

हालै अमेरिकाको नेपाली महिलाको हत्या भएको समाचारले गर्दा समाज कता हिँडिरहेको छ ? भनी हामी सबैको मनमा चिसो पसेको छ  । यस लेखमार्फत् सबै विवाहित जोडीलाई एक अर्काको राम्रा र नराम्रा गुणलाई सम्मान गरेर खुसीको वातावरणमा पारिवारिक जीवनमा रमाउन अनुरोध पनि गर्दछु  । आवेग र रिसमा भएका निर्णयले पछुताउने अबस्थामा पुग्न सकिने हुँदा सकभर यस्तो  अवस्थाको सिर्जना नै नगरौं । जीवन बहुमूल्य छ । आफू र आफ्नो पारिवारका सदस्य एकसाथ हाँसीखुसी रमाएर जीवनको यात्रा गर्न सबैलाई यस लेखबाट प्रेरणा मिल्ने विश्वास छ । 

जीवनमा समय र उमेरअनुसार वैवाहिक जोडीले एक अर्काको र परिवारको व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा सोचेर राम्रोसँग अगाडि बढेमा पारिवारिक विखण्डनका घटना भविष्यमा नदोहोरिनेमा आशावादी हुनसकिन्छ । 
(अवकाशप्राप्त उपरथी)

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  ०९:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu