site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रहरीमा माथिल्ला पद नै ठूलो संख्यामा रिक्त, कहिले सुरु हुन्छ बढुवा प्रक्रिया ?
SkywellSkywell

काठमाडौं । नेपाल प्रहरीको ३० वर्षे सेवा अवधिका कारण ९० जना प्रहरी अधिकारीले आइतबार एक साथ अवकाश पाए ।

अवकाश पाउनेमा एकजना प्रहरी नायव महारीक्षक (डीआईजी) समेत थिए । अवकाश पाउने अन्य प्रहरी अधिकारीहरूमा १२ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी), १३ जना प्रहरी उपरीक्षक (एसपी), ३१ जना नायब प्रहरी उपरीक्षक (डीएसपी) ३४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) थिए ।

ठूलो संख्यामा प्रहरी अधिकारीले अवकाश पाएसँगै प्रहरी प्रधान कार्यालय उनीहरूको ठाउँमा पदपूतिको तयारीमा छ । तर, प्रहरी नियमावलीअनुसार तत्काल नै बढुवा प्रक्रिया भने अघि बढ्ने देखिँदैन ।

Dabur Nepal
NIC Asia

प्रहरी नियमावली २०७१ अनुसार प्रहरी अधिकारीको कार्यसम्पादन मूल्यांकनका (कासमु) लागि असोज २२ सम्म तोकिएको छ । गएको आर्थिक वर्षमा प्रहरी अधिकारीले गरेका कामका आधारमा साउन ७ सम्म सम्बधित अधिकारीले आफूभन्दा माथिका प्रहरी अधिकारीलाई सुपरीवेक्षणका लागि पठाउनुपर्ने हुन्छ ।

सुपरीवेक्षणबाट पुनरावलोकन समिति हुँदै प्रहरी महानिरीक्षकले प्रहरी अधिकारीको अन्तिम मूल्यांकन तयार गर्नुपर्ने हुन्छ । सोहीअनुसार बढुवाका लागि योग्य प्रहरी अधिकारीहरूमध्ये योग्य प्रहरी अधिकारी बढुवा हुनेगर्छ ।

प्रहरी नियमावलीअनुसार, प्रहरी उपरीक्षक (एसपी) सम्मको बढुवा अधिकार प्रहरी महानिरीक्षकसँग हुन्छ । एसपीमाथिका प्रहरी अधिकारीको बढुवा र सरुवा प्रक्रिया भने प्रहरीको तालुकदार गृह मन्त्रालयले हेर्ने गर्छ ।

कुन दर्जामा कति खाली ?
हाल डीआईजीको एक पद खाली छ । यसरी नै एक हप्तापछि एआईजी श्याम ज्ञवालीसमेत एआईजीको ५६ वर्षे उमेर हदका कारण अवकाशमा जाँदै छन् ।

उनी अवकाशमा जाँदा त्यो ठाउँमा थप एक डीआईजी बढुवा हुनेछन् । सँगै डीआईजीको रिक्त दरबन्दी दुई हुनेछ ।

त्यसरी नै हाल १२ एसएसपीको दरबन्दी खाली छ । दुई डीआईजीमा बढुवा हुँदा रिक्त दरबन्दी १४ पुग्ने छ । त्यसरी नै १३ एसपीको दरबन्दी हाल रिक्त छ । थप १४ एसपी एसएसपीमा बढुवा हुँदा २७ एसपीको दरबन्दी रिक्त हुनेछ ।

हाल ३१ डीएसपी र ३४ प्रहरी निरीक्षकको पद रिक्त छ । डीएसपीमा भने एकसाथ ५८ जनाको बढुवा हुने छ । त्यस्तै प्रहरी निरीक्षक पनि ठूलो मात्रामा खाली हुनेछ ।

प्रहरीको उपल्लो तहदेखि नै ठूलो संख्यामा दरबन्दी रिक्त भएपछि काम कारबाही नै प्रभावित हुने देखिएको छ । निमित्त प्रहरी प्रवक्ता एसएसपी विश्व अधिकारीले ठूलो संख्यामा प्रहरी अधिकारीले अनिवार्य अवकाश लिएपछि रिक्त पदमा चाँडै बढुवा प्रक्रिया थालिने बताए ।

"नियमावलीअनुसार असोज २२ सम्म कासमु तयार गर्ने भनिएको हो । कासमु तयार छ भने बढुवा नै रोक्ने भनेको चाहिँ होइन," अधिकारीले भने । कहिले बढुवा हुन्छ भन्नेबारेमा आफूलाई भने जानकारी नभएको उनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  १२:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu