site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
भुक्तानी विवाद टुंगिएसँगै तनहुँ जलविद्युत् आयोजनाको काम सुरु

दमौली । भुक्तानी विवादका कारण रोकिएको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ‘प्याकेज वान’ को काम ५१ दिनपछि पुनः सुरु भएको छ । 

संयुक्त लगानीको निर्माण कम्पनी सोङ्दा कालिकाले गरेको कामको भुक्तानी युरोपियन बैङ्कमार्फत् प्राप्त हुने प्रतिबद्धता सम्बन्धित निकायले व्यक्त गरेपछि आयोजनाको काम पुनः सुरु भएको आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । यो प्याकेजमा हालसम्म ३५ प्रतिशत मात्र प्रगति भएको छ । 

Dabur Nepal
NIC Asia

गत असार २२ गते सेतीको बाढीबाट प्याकेज वानको निर्माणस्थलमा क्षति भएको छ । बाढीले ‘क्रसर र कुलिङ प्लाण्ट’मा क्षति हुनका साथै निर्माणस्थलमा राखिएको ढुंगागिटीलगायत निर्माण सामग्री बगाएको थियो । 

यो प्याकेजअन्तर्गत आयोजनाको १४० मिटर अग्लो बाँध निर्माणका लागि सेती नदीको धार पथान्तरण गर्न दुईवटा ‘डाइभर्सन सुरुङ’ निर्माण सम्पन्न भएका छन् । 

आयोजनाको १४० मिटर अग्लो बाँध निर्माणका लागि पहाड खन्न बाँकी छ । सेती नदीका दुवै किनारमा ‘ग्याली सुरुङ’ निर्माणाधीन छन् । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  ०६:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro