site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
विस्फोटबाट भारतको पुणेमा नेपालीको मृत्यु
प्रतीकात्मक तस्बिर ।
SkywellSkywell

पुणे । भारतको पुणेस्थित माभल तालुकाको एक निर्माण कम्पनीमा विस्फोट हुँदा २२ वर्षीय नेपाली युवकको मृत्यु भएको छ । अजयकुमार बजरंगीप्रसाद मौर्य नामका ती युवक भेइकलका स्पेयर पार्ट्स बनाउने उक्त निर्माण कम्पनीको पारण्डवादीस्थित कार्यालय परिसरमा बस्दै आएका थिए ।

प्रहरीका अनुसार, गएको बिहीबार खाना पकाउन स्टोभको चुल्हो बाल्न उनी केही केमिकल प्रयोग गरिरहेका थिए । त्यसक्रममा त्यो पदार्थ पड्किएको थियो ।

Dabur Nepal
NIC Asia

विस्फोटबाट उनी गम्भीर रूपमा जलेका थिए । अस्पतालमा सर्जरी भइरहेकामा शनिबार उनको मृत्यु भएको हो ।

उक्त मृत्यु घटना शिरगाउँ प्रहरी कार्यालयमा दर्ता गरिएको र थप अनुसन्धान भइरहेको जनाइएको छ । ती युवकको नेपालको ठेगाना खुलाइएको छैन । इन्डियन एक्सप्रेसबाट ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १०:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu