site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
मुना पाण्डे प्रकरण : बबीलाई धरौटीमा छोड्न अस्वीकार 

काठमाडौं । नेपाली विद्यार्थी मुना पाण्डेको हत्या आरोपमा पक्राउ परेका बबी शाहलाई धरौटीमा छोड्न अदालतले अस्वीकार गरेको छ । 

अदालतले धरौटीमा छोड्न अस्वीकार गर्दै उनको पासपोर्ट लगायतका कागजात प्रहरीलाई बुझाउन आदेश भएको छ।

ह्यारिस काउण्टी क्रिमिनल जस्टिस सेन्टरमा नेपाली समुदायको तर्फबाट मुनाको न्यायको लागि नेपाली समुदायको दबाब अभियानमा सक्रिय नेप्लिज एशोसियसन अफ ह्युस्टनका प्रथम उपाध्यक्ष द्रोण गौतमले जनाएको हिमालय खबरले समाचारमा उल्लेख गरेको छ ।

Argakhachi Cement Island Ad

उनका अनुसार अब अर्को पेशी तीन महिनापछि डिसेम्वर ३, २०२४ मा तोकिएको छ।

यसै बीच मुनाकी आमा अनिता अधिकारी/पाण्डेले अमेरिका आउन भिसा पाएकी छन् भने मुनाको फ्यूनरलका लागि टेक्सस सरकारबाट प्राप्त हुन सक्ने खर्च भुक्तानीका लागि समेत ह्युस्टन पुलिस डिपार्टमेण्टले आवश्यक प्रक्रिया सुरु गरिसकेको समेत जनाइएको छ ।

हत्या गरेको आरोपमा केही दिनपछि पक्राउ परेका उनी रगत लागेको टिसर्टमा रहेको अभियोजनकर्ताहरूले बताएका छन् । ५१ वर्षीय बबीलाई २१ वर्षीया मुना पाण्डेको गोली हानी हत्या गरेको आरोप लगाइएको छ ।

अमेरिकामा मुनामाथि ‘गोली हान्ने व्यक्ति’को तस्बिर सार्वजनिक

अदालतमा अभियोजकहरूले प्रहरीले शाहलाई पक्राउ गर्दा उनले पीडितको अपार्टमेन्टबाट बाहिर निस्कँदा सीसी क्यामेरामा रगत लागेको लुगा लगाएको देखिएको बताएका थिए ।  अभियोजकहरूका अनुसार अधिकारीहरूले उनको कारमा बन्दुक फेला पारेको बताएका थिए । 

अदालतमा ठूलो संख्यामा नेपाली समुदाय मुनाको न्यायका लागि उपस्थित थिए । 
 

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  ०८:४८
प्रतिक्रिया दिनुहोस्