site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
क्रिप्टो कारोबारीबाट ५० लाख लिएको प्रकरण– प्रहरी हवल्दार नै थुनामा 

काठमाडौं । काठमाडौं प्रहरी परिसरले क्रिप्टोकरेन्सी कारोबारीबाट ५० लाख रूपैयाँ लिएर पक्राउ परेका आरोपी छोडेको खुलेको छ । 

क्रिप्टोकरेन्सी कारोबारको आरोपमा गत शुक्रबार पक्राउ गरेर एक आरोपीबाट ५० लाख रूपैयाँ लिएर आइतबार छोडेको खुलेको हो ।  बिचौलियामार्फत परिसरको मुद्दा शाखामा कार्यरत सहायक हवल्दार गणेश खड्कासम्म रकम पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

उपत्यका प्रहरी कार्यालय रानीपोखरी स्रोतका अनुसार हवल्दार खड्कालाई थुनामा राखेर आन्तरिक अनुसन्धान सुरु गरिएको छ ।  प्रहरीले पक्राउ गरेका क्रिप्टोकरेन्सी कारोबारी भने क्यानडा उडिसकेका छन् । उनी प्रहरीले छोडेलगत्तै क्यानडा भागेका हुन् । 

पक्राउ परेका आचार्य थरका आफन्तले ५० लाख रूपैयाँ तिरेको गुनासो गरेपछि परिसर प्रहरीले आन्तरिक छानबिन गरिरहेको छ । 

हवल्दारकै मिलेमतोमा उनी छुटे वा अन्य प्रहरी अधिकारीको पनि संलग्नता छ भन्नेबारे अनुसन्धान भइरहेको छ । पक्राउ परेका आरोपीका आफन्तमार्फत रकम लिने बिचौलीया हाल फरार छन् ।  

उनी पनि लामो समय क्यानडा बसेर फर्किएको प्रहरीले बताएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  १९:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro