site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सम्भावित राजनीतिक हिंसालाई देखाउँदै अमेरिकाले नेपालमा बढायो सतर्कता

काठमाडौं । अमेरिकाले नेपालमा राजनीतिक हिंसाको सम्भावना बढेको जनाउँदै आवश्यक सतर्कता अपनाउन आफ्ना नागरिकलाई आग्रह गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयले यही डिसेम्बर १८ मा जारी गरेको ट्राभल एड्भाइजरीमा सम्भावित राजनीतिक हिंसाका कारण नेपालमा सतर्कता बढाइएको जनाएको छ । 

“शान्तिपूर्ण हुन खोजेका राजनीतिक प्रदर्शनहरू कहिलेकाहीँ हिंसामा परिणत हुन सक्छन् र नेपाली अधिकारीहरूले बल प्रयोग गर्न सक्छन्,” अमेरिकी विदेश मन्त्रालयले ट्राभल एड्भाइजरीमा भनेको छ ।

ट्राभल एड्भाइजरीमा अमेरिकाले स्पष्ट शब्दमा नेपालमा हुने प्रदर्शन र भिडभाडमा नजान आफ्ना नागरिकलाई भनेको छ । 

अमेरिकाले आफ्ना नागरिकलाई एक्लै पदयात्रा वा आरोहणमा नजान पनि भएको छ । 

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  १८:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro