site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बालाजु बाइसधारामा मेला
तस्बिर : न्युज एजेन्सी नेपाल ।

काठमाडौं । चैत शुक्ल पूर्णिमा दिन शनिबार (चैत ३०) ऐतिहासिक महत्त्व बोकेको काठमाडौंको बालाजुस्थित बाइसधारामा विशेष मेला लाग्यो । मेलाका अवसरमा बाइसधारामा स्नान गर्न भक्तजनको घुइँचो लागेको थियो ।

मेलामा नुवाकोट, धादिङ, रसुवा, चितवनलगायत विभिन्न जिल्लाबाट भक्तजन बाइसधारा आउने गर्छन् । तत्कालीन राजा प्रताप मल्लले निर्माण गरेको उक्त धारामा नागार्जुनको डाँडाबाट पानी आउने गर्छ ।

यस दिन बालाजु बाइसधाराको पानीले स्नान गरे पाप पखालिने, रोग निको हुने र चिताएको पूरा हुने धार्मिक विश्वास छ । हिमालयन टेलीभ्वाइस

प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१  १७:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro