site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘शिक्षक आन्दोलन अराजकतातर्फ मोडिए सरकार जिम्मेवार’

काठमाडौं । आन्दोलनरत शिक्षकले माग पूरा नभएसम्म आफूहरू कार्यक्षेत्रमा नफर्कने बताएका छन् । शनिबार (चैत ३०) माइतीघरमा प्रदर्शनक्रममा सञ्चारकर्मीसित उनीहरूले यस्तो बताएका हुन् । शिक्षा ऐन जारी गर्न माग गर्दै उनीहरू काठमाडौंमा सडक आन्दोलनमा छन् ।

आन्दोलनरत शिक्षकले शनिबार ११औँ दिन पनि सडकमै बसेर प्रदर्शन गरे । नेपाल शिक्षक महासंघको नेतृत्वमा आन्दोलन भइरहेको छ । महासंघको अगुवाइमा आन्दोलन र सरकारसँग वार्ता पनि सँगसँगै भइरहेको छ ।

नेपाल शिक्षक महासंघ राष्ट्रिय कार्यसमिति सदस्य गंगा ढुंगानाले सरकार र शिक्षक महासंघबीच विगतमा भएका सम्झौताबमोजिम सरकारले ऐन जारी नगरेकाले आन्दोलन उत्रिएको बताइन् । उनले एक लाख शिक्षक सडकमा आएर आन्दोलन गर्दा पनि सरकार शिक्षाप्रति उदासीन बनेको आरोप लगाइन् ।

उनले संसद्को नियमित, विशेष अधिवेशन वा अध्यादेशमार्फत ऐन जारी गर्नुबाहेक अरू विकल्प नरहेकामा जोड दिइन् । शिक्षकको मागमा सरकारले बेवास्ता गरे शिक्षा क्षेत्र दशकौँसम्मका निम्ति ध्वस्त हुन सक्ने उनको भनाइ थियो ।

राष्ट्रिय शिक्षक मञ्च नेपालका राष्ट्रिय अध्यक्ष कुमोदकुमार सिंहले शिक्षक ऐन जारी गर्न मागसहित आन्दोलनमा उत्रिएको ११औँ दिनसम्म पनि सरकार गम्भीर नभएको आरोप लगाए । उनले सरकारले शिक्षकको माग तत्काल सम्बोधन गरेर विद्यालय फर्काउनुपर्ने बताए । आन्दोलन अराजकतातर्फ मोडिए त्यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने उनको भनाइ थियो ।

नेपाल शिक्षक महासंघ संखुवासभा जिल्ला अध्यक्ष शेरबहादुर पुरीले पञ्चायती शासनकालमा जारी शिक्षा ऐन हालसम्म विस्थापित नहुनु दुःखद भएको बताए । सरकारले माग सम्बोधन नगरे कडा आन्दोलनमा जाने उनले चेतावनी दिए ।

सरकार र महासंघबीच विगतमा भएको सहमति तत्काल कार्यान्वयन गर्नुपर्ने माध्यमिक तहकी एक सामाजिक शिक्षकले बताइन् । उनले विद्यार्थी भर्नाको समय भएकाले सरकारले तत्काल शिक्षा ऐन जारी गरेर शिक्षकलाई पठनपाठनको क्षेत्रमा पठाउनुपर्नेमा जोड दिइन् ।

नेपाल शिक्षक संघको खाँदबारी जिल्ला सचिव सन्तोष श्रेष्ठले शिक्षा ऐन जारी गर्नु सरकारको दायित्व भएको बताए । न्युज एजेन्सी नेपाल

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१  १७:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro