site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्रीको भ्रमणअघि मन्त्रिपरिषद्को बैठक बस्दै
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपराह्न ४ बजे बस्ने गरी बैठक बोलाइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन जानुअघि बैठक बस्न लागेको हो । बैठकमा महासभासहित चीन भ्रमणका एजेन्डालगायत विषयमा छलफल हुने प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले बाह्रखरीलाई जानकारी दिए ।

महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड शनिबार (भोलि) अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गर्दै छन् । उनले आउँदो असोज ४ गते (२१ सेप्टेम्बर) महासभामा सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्ड महासभाको उद्घाटनसत्रमा सहभागी हुनेछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

असोज ३ (१९ सेप्टेम्बर) गते संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा उनले भाग लिनेछन् ।

संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य र जलवायु महत्त्वाकांक्षालगायत शिखर सम्मेलनमा पनि उनले सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Global Ime bank

त्यहाँ उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटघाटका साथै विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।

प्रधानमन्त्री प्रचण्ड अमेरिकाको न्युयोर्कबाट सिधै चीन जानेछन् । चीन भ्रमण असोज ५ गतेदेखि सुरु हुने मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्रीको चीन भ्रमणमा १२ वटा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने

भ्रमणमा प्रधानमन्त्रीका साथमा उनकी छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्रसचिव भरतराज पौड्याल, र परराष्ट्र मन्त्रालयका अरू वरिष्ठ अधिकारी रहने मन्त्रालयले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  ०९:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement