site stats
बाह्रखरी :: Baahrakhari
विदेश
एयर इन्डियाको विमान भारतमा दुर्घटना,  तीनवटा विस्फोटको आवाज आएको थियो !

काठमाडौं । भारतबाट ब्रिटेनका लागि उड्न लाग्दा एउटा जहाज दुर्घटनामा परेको छ ।

एयर इन्डियाको जहाज गुजरातको अहमदावादस्थित सरदार बल्लवभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थाल नजिक दुर्घटना भएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रारम्भिक जानकारीका अनुसार घटनालगत्तै अहमदावाद  अग्नि तथा आपत्कालिन् सेवा कार्यालयले पाँचवटा दमकलहरु परिचालन गरिएको गुजरात समाचार अनलाइनले जनाएको छ । विमानमा दुई पाइलटसहित चालक दलका १० सदस्य र २४२ यात्री सवार रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

ती मध्ये धेरैजना घाइते भएको हुन सक्ने बताइएको छ । प्रत्यक्षदर्शीका अनुसार विमानमा तीनवटा विस्फोटनको अवाज आएको थियो । दुर्घटनाको कारण तथा भएको क्षतिको बारेमा पुष्टि हुन बाँकि रहेको समाचारमा बताइएको छ ।

उक्त विमान अहमदावादबाट लण्डनका लागि उड्दै गरेको थियो । बीबीसीका अनुसार दुर्घटनास्थलमा अहिले फायर ब्रिगेडका गाडीहरु पुगिरहेका छन् । अहमदाबाद विमानस्थल टर्मिनल एकका एक म्यानेजरलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ– विमानस्थल वरिपरि पुरै धुँवा देखिएको छ ।”

सामाजिक सञ्जालहरुमा सार्वजनिक भएका तस्बिरमा पनि दुर्घटना भएको स्थल वरिपरि धुवाँ भरिएको देख्न सकिने समाचारमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  १४:४७
प्रतिक्रिया दिनुहोस्