
काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र नयाँ निर्वाचित इरानी राष्ट्रपति मसोउद पेसेस्कियनसँग फोनवार्ता गरेका छन् ।
रूसी राष्ट्रपतिका सहयोगी युरी उसाकोभका अनुसार पुटिनले उक्त जानकारी शनिबारको टेलिफोन वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दिएको एविसिन्यूजले जनाएको छ ।
द्वन्द बढ्न नदिनु र रुसले सम्भावित मध्यस्थताका लागि तयार रहेको कुरामा जोड दिएको उसाकोभले शनिबार रूसी पत्रकारहरूलाई जानकारी दिए ।
पुटिन र ट्रम्पबीच भएको सो टेलिफोन वार्तामा रुस र युक्रेन युद्धको बारेमा पनि चर्चा भएको थियो ।
उसाकोभका अनुसार पुटिनले ट्रम्पलाई युक्रेनसँग २२ जुनपछि वार्ता जारी राख्न इच्छुक रहेको बताएका छन् ।
यो महिना पुटिन र ट्रम्पबीचको तेस्रोपटक टेलिफोन संवाद भएको हो । सन् २०२५ को सुरुदेखि अहिलेसम्म उनीहरूबीच पाँचपटक संवाद भइसकेको छ ।
रूस, इजरायल र इरानसँगको वार्तापछि पुटिनले ट्रम्पसँग कुरा गरेका थिए ।
युक्रेन युद्धमा शान्ति प्रयासलाई ट्रम्पको सहभागितासँग जोड्दै पुटिनले कूटनीतिक सन्तुलन बनाउने संकेतसमेत दिएका छन् । एविसिन्यूज