site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कतिपय सांसद घरको न घाटको हुन्छन् : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालका प्रधानमन्त्री आफ्नो निर्वाचन क्षेत्रको जस्तो मात्र बन्ने गरेको टिप्पणी गरेका छन् । संविधानविद्, लेखक एवं वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीद्वारा लिखित पुस्तक ‘नेपालमा निर्वाचन प्रणाली’ शनिबार (जेठ ३१) सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।

उनले प्रधानमन्त्री र मन्त्री पूरा देशको नभई आफ्नो निर्वाचन क्षेत्रको मात्र हुने गरेको आरोप लगाए । यस्तै कारणले कतिपय सांसदले अर्कोपटक मत नै नपाउने स्थिति बन्ने गरेको उनले उल्लेख गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले राजनीतिक स्थिरता नभईकन विकास सम्भव नहुने बताए । पूरै देशको प्रधानमन्त्री बनाउने र विकास गर्ने कार्यमा लाग्न हालको निर्वाचन प्रणाली बदल्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा उपेन्द्र यादवको भनाइ पढ्नोस्–
राजनीतिक स्थिरता नभईकन विकास हुँदैन । धेरै कुरा भताभुंग भएर जान्छ । त्यो पनि अर्धसत्य त हो । थाइल्यान्डमा राजनीतिक स्थिरता कम छ, विकास तीव्र गतिले अघि गइरहेको छ । हामीले यस्तो निर्वाचन प्रणाली अपनायौँ, प्रधानमन्त्री कहाँको हुन्छ ? अरू देशमा प्रधानमन्त्री देशको हुन्छ । हाम्रोमा प्रधानमन्त्री निर्वाचन क्षेत्रको मात्रै हुन्छ । आफ्नो निर्वाचन क्षेत्रको प्रधानमन्त्री हुन्छ । सबै स्रोतसाधन त्यहीँ पुर्‍याउँछ । त्यसपछि मन्त्री निर्वाचन क्षेत्रको हुन्छ । कतिपय सांसद त घरको न घाटको हुन्छन् । अर्कोपटक जनताले भोट पनि हाल्दैनन् । के गरिस्, के विकास गरिस् ! भन्छन् । पूरै देशको प्रधानमन्त्री बनाउने र पूरै देशको विकास गर्ने कार्यमा लाग्नुपर्छ । त्यसो गर्न अहिलेको निर्वाचन प्रणाली बदल्नैपर्छ । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, जेठ ३१, २०८२  १९:५६
प्रतिक्रिया दिनुहोस्