site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विरोधीलाई प्रचण्डको जवाफ– धर्ती नै भासियो जस्तो गरेका छन्

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र र जनताको बृहत् हितका निम्ति सत्तापक्षसँग सदन खोल्ने सहमति गरिएको बताएका छन् । शनिबार (जेठ ३१) झापाको दमकमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनेसँग सम्बन्धित केही महत्त्वपूर्ण विषय सदनमा रहेको उनले उल्लेख गरे । उनले माओवादीले अनन्तकालसम्म सदन अवरुद्ध गर्न नसक्ने स्पष्ट पारे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सदन अवरुद्ध गर्नु भनेको संघीय निजामती, शिक्षा, नागरिकता ऐन पारित हुन नदिनु, शान्ति प्रक्रिया टुंग्याउने विषयमा बहस रोक्नु्, जनताका मुद्दा थाती राख्नु भएको उनले बताए ।

भिजिट भिसा प्रकरणमा एक महिनाभित्र समिति बनाउन बाध्य पारेर छानबिन गर्ने सर्तमा सत्तापक्षसित सहमति गरिएको उनले सुनाए । तर, केहीले ‘आकाश नै खस्यो, जहाज नै डुब्यो, धर्ती नै भासियो’ जस्तो गर्ने गरेको उनको भनाइ थियो ।

अध्यक्ष प्रचण्डले माओवादी जिम्मेवार पार्टी मात्र नभई संघीय लोकतान्त्रिक गणतन्त्रको अपनत्व वहन गरेको दल भएको बताए ।

कार्यक्रममा प्रचण्डको भनाइ पढ्नोस्–
शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनेसँग सम्बन्धित केही महत्त्वपूर्ण विषय पनि त्यहाँ छन् । यो सबै कारणले माओवादीले अनन्तकालसम्म सदन अवरुद्ध गर्नु भनेको सदन अवरोध गरेको छ, अवरोध गरेको छ, गर्नु भनेको संघीय निजामती ऐन पास हुन नदिनु, शिक्षा ऐन पास हुन नदिनु, नागरिकता ऐन पास हुन नदिनु, शान्ति प्रक्रिया टुंग्याउने विषयमा बहस हुन नदिनु, जनताका मुद्दाहरू थाती राख्नुजस्तो भयो । त्यसैले हामी कहीँ न कहीँ सरकारलाई एक हदसम्म छानबिनको निम्ति बाध्य पारेर एक महिनाभित्र समिति बनाएर गरौँ भन्ने बाध्य पारेर मात्रै राष्ट्र र जनताको बृहत् हितका निम्ति हामीले सहमति गरेको हो । तर, एकथरी मान्छेहरू खत्तम भयो, आकाश नै खस्यो, जहाज नै डुब्यो, धर्ती नै भासियो जस्तो गरेका छन्, बिल्कुल वाहियात कुरा हो । हामी एउटा जिम्मेवार पार्टी मात्रै होइन, संघीय लोकतान्त्रिक गणतन्त्रको अपनत्व पार्टी हो, रक्षा गर्ने मूल पार्टी हो । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, जेठ ३१, २०८२  १९:४४
प्रतिक्रिया दिनुहोस्