विशेष
काठमाडौं । काठमाडौंमा राणाकालको समयमा खिचिएका तस्बिरहरुको प्रदर्शनी गरिएको छ । बिहीबार याक एन्ड यति होटेलमा भएको प्रदर्शनीमा राणाकालका र काठमाडौं उपत्यकाका पुराना तस्बिरहरु प्रदर्शनमा छन् ।
फोटोग्राफर दीर्घमान चित्रकार र उनका छोरा गणेशमान चित्रकारले खिचेको तस्बिरहरु प्रदर्शनमा रहेका छन् ।
प्रदर्शनीमा राणा परिवारका तस्बिरसँगै तत्कालीन समयका उपत्यकाका तस्बिरहरु र वेशभूषामा सजिएका व्यक्तिहरुका तस्बिर पनि रहेको छ ।
प्रदर्शनमा राखेका तस्बिरहरु दीर्घमानका नाति र गणेशमान चित्रकारका छोरा किरणले संकलन गरी राखेका थिए । प्रदर्शनमा राखेका तस्बिरहरु समेटिएको किताब पनि बिक्रीको लागि राखिएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ १७, २०७९ १५:०८
प्रतिक्रिया दिनुहोस्