site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सांसदको तलब २ हजारले बढ्यो, पृथ्वीसुब्बा र उपसभामुखलाई थप १/१ पिए सुविधा
SkywellSkywell

पोखरा । प्रदेशसभाका पदाधिकारीको सेवासुविधा तथा पारिश्रमिक सम्बन्धी विधेयकको पहिलो संशोधन नै गठबन्धन सरकार बनेयता पारित भएको पहिलो विधेयक हो । साना दलले १० प्रतिशत सांसद संख्या नपुर्याए संसदीय दलको मान्यता नपाउने प्रावधान राखेर बनाइएको यो व्यवस्था हटाउन संशोधन गर्न लागिएको थियो । तर, विधेयक संशोधनको क्रममा विधायन समितिमा रहँदा अन्य थुप्रै लाभका पद पनि सिर्जना गरियो भने सुविधा पनि थप गरेको पाइएको छ । हाल प्रमुख प्रतिपक्षी दलका नेता रहेका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र उपसभामुख सिर्जना शर्मालाई पनि थप एक/एक जना पिएको सुविधा दिने प्रावधान विधायन समितिले सुटुक्क संशोधन गरेर विधेयक पारित गरेको खुलेको हो ।

पारित भएको विधेयक अनुसार गण्डकीमा सभामुखदेखि सांसदसम्मको सुविधा २ हजार रुपैयाँले बढेको छ ।
 
मासिक ५२ हजार २ सय रुपैयाँ पारिश्रमिक पाउने सांसदको सुविधा बढाएर ५४ हजार २ सय रुपैयाँ पुर्याइएको छ । संघीय सरकारले चालु आर्थिक वर्षमा सबैको तलब २ हजार रुपैयाँले बढाएको भन्दै यहाँ सांसदको सुविधा पनि सोही अनुपातमा बढाइएको हो ।

संशोधनसहित पारित विधेयकका अनुसार दलका सचेतकले ५६ हजार ५२० रुपैयाँ, सत्तापक्ष र विपक्षका प्रमुख सचेतक, समितिका सभापति, दलका प्रमुख सचेतकले मासिक ५८ हजार ८४०, दलको उपनेताले पनि ५८ हजार ५४० रुपैयाँ पाउनेछन् ।

KFC Island Ad
NIC Asia

संसदीय दलका नेताले चाहिँ ५९ हजार ५००, उपसभामुख र विपक्षी दलका नेताले ६० तथा सभामुखले मासिक ६३ हजार ४८० रुपैयाँ पाउनेछन् । यसबाहेक विधेयकमा थप २ नयाँ पद सिर्जना गरिएको छ ।

संशोधित विधेयक अनुसार प्रमुख प्रतिपक्षी दलको नेता र उपसभामुखले थप १/१ जना पिएको सुविधा पनि पाउनेछन् ।

Royal Enfield Island Ad

यसअघि यी दुवै पदाधिकारीले एकजना अधिकृत स्तरको स्वकीय सचिव र एक जना कार्यालय सहयोगी मात्र पाउँथे । तर, विधेयक संशोधन गरेर थप एक जना नासु सरहको स्वकीय सचिव राख्न पाउने व्यवस्था संशोधित विधेयकमा गरिएको छ । यो सुविधा पाउनेमा गण्डकीका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र उपसभामुख सिर्जना शर्मा रहेका छन । पूर्वमुख्यमन्त्री गुरुङले विपक्षी दलको नेताको हैसियतमा संसद सचिवालयले उपलब्ध गराएको गाडी प्रयोग गर्नुको सट्टा आफू सरकारमा हुँदाको गाडी प्रयोग गर्दै आएका छन् ।

सबै दलका प्रमुख सचेतकलाई सवारी सुविधा
नयाँ संशोधनले नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता र प्रमुख सचेतक, राष्ट्रिय जनमोर्चा संसदीय दलका नेता र जनता समाजवादी पार्टीका प्रमुख सचेतकले गाडीसहितको सुविधा पाउनेछन् । १२ सांसद रहेको माओवादी केन्द्र पनि सत्तासाझेदार दल हो । माओवादी केन्द्रका उपनेता रामजी बराल मन्त्री छन् । उनको ठाउँमा अरुलाई उपनेता बनाएर सुविधा दिन सक्ने विकल्प ऐनले दिएको छ ।

दुई सांसद रहेको जसपाका संसदीय दलका नेता हरिशरण आचार्य पनि मन्त्री छन् । अर्का सांसद धनमाया पोखरेल लामालाई जसपाले प्रमुख सचेतक नियुक्त गरेको छ । उनले पनि सवारीसहितको सुविधा पाउनेछिन् ।

दुईजना नै सांसद रहेको जनमोर्चाका खिमविक्रम शाही प्रदेश मामिला समितिका सभापति छन् । उनले सवारी सुविधा पाउने व्यवस्था अहिले कायम रहेको ऐनमा नै छ । कृष्ण थापाको पद गुमेपछि जनमोर्चाले पियारी थापालाई संसदीय दलको नेता चयन गरेको छ । उनले पनि ऐन संशोधन भएपछि सवारीसहितको सुविधा पाउनेछिन् । सरकारलाई समर्थन गरे पनि यो दल भने सरकारमा गएको छैन ।

उपनेताको सुविधा पाउने तीन दल
संशोधन गरिएको ऐनको अनुसूचीमा उपनेता भन्ने कोलम थपिएको छ । कांग्रेसका उपनेता मेखलाल श्रेष्ठ मन्त्री छन् । उनको ठाउँमा अर्को उपनेता चुनिएका छैनन् । माओवादी केन्द्रका रामजी बराल पनि मन्त्री छन् । प्रमुख प्रतिपक्षी एमालेका उपनेता किरण गुरुङ हुन् । उनीहरुले मासिक ५८ हजार ८४० रुपैयाँ पाउनेछन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २६, २०७८  ०९:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro