राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पोखराबाट काठमाडौं ल्याउन लागिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ । अहिले विमानस्थल बाहिर ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको छ ।
रविलाई ल्याउने सूचना पाएपछि रविका समर्थकहरू विमानस्थल क्षेत्रमा भेला भइरहेका छन् ।
काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम अपचलनका विषयमा बयान लिन उनलाई काठमाडौं ल्याउन लागिएको हो ।
गएको कात्तिक २ गते रविलाई काठमाडौंस्थित रास्वपा केन्द्रीय कार्यालयबाट पक्राउ गरिएको थियो । लामिछानेलाई सुप्रिम सहकारीको रकम अचपचलनका विषयमा बयान लिन यसअघि बुटवल पनि लगिएको थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१ १७:५७
प्रतिक्रिया दिनुहोस्