site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रचण्डजी हप्तैपिच्छे कांग्रेसलाई सरकारको नेतृत्व गर्ने प्रस्ताव गर्नुहुन्छ : गगन थापा 
फाइल तस्बिर ।

काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक हप्ता कांग्रेसलाई सरकारको नेतृत्व गरिदिनुस् भनेर प्रस्ताव पठाउने गरेको खुलासा गरेका छन् । 

कीर्तिपुरको उपनिर्वाचनको प्रचारप्रसारको अन्तिम सभामा महामन्त्री थापाले कांग्रेस प्रधानमन्त्रीको आकांक्षाभन्दा स्थिर सरकारका पक्षमा रहेको बताए ।

“प्रचण्डले हप्तामा एकपटक लौन सरकारको नेतृत्व गर्नुस् भनेर खबर पठाउनु हुन्छ । पहिला अरुले पठाउँथ्यो,” महामन्त्री थापाले भने, “कांग्रेस संसद्को पहिलो पार्टी हो । प्रधानमन्त्री बन्न कांग्रेसलाई गाह्रो छैन । तर, हामीलाई प्रधानमन्त्री होइन स्थिर सरकार चाहिएको हो ।”

महामन्त्री थापाले कांग्रेसको लडाइँ केपी ओली, प्रचण्ड वा अरु कुनै नयाँसँग नभएको बताए । उनले गरिबी बेरोजगारी, र भ्रष्टाचारकविरुद्ध लड्नु पर्ने भन्दै त्यसका लागि गलत हल्लाबाट बच्नुपर्ने बताए ।
 
“हाम्रो लडाइँ बेरोजगारी र गरिबीविरुद्धमा हो । हामी सुशासनका लागि लड्न चाहन्छौँ,” महामन्त्री थापाले भने, “त्यसका लागि ठग रुखमूनि बसेको होस् कि सूर्यमूनि बसेको होस्, नयाँ होस् कि पुरानो होस् । जुनसुकै रङका ठगहरूलाई  कानुनको दायरामा राख्न चाहन्छौँ ।”  उनले नागरिकमा रहेका निराशा र गलत भाष्य चिर्ने काम कांग्रेसको भएको भन्दै परिणामबाट नागरिक धारणा बदल्ने बताए । 

प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  १७:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro