site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेस राइनासको चुनावमा कार्यकर्ताले मतपत्र जलाए, चुनाव अनिश्चित 
तस्बिर सौजन्य : सुवास पौडेल ।
SkywellSkywell

पोखरा । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत शनिबारदेखि स्थानीय तहको निर्वाचन सुरु भएको छ । केही ठाउँमा सर्वसम्मत रूपमा निर्वाचन सकिएको छ भने कतै मतगणना चल्दै छ ।

सोही क्रममा लमजुङको राइनास नगरपालिकामा भने कांग्रेस कार्यकर्ताले मतपत्र जलाएका छन् । २०२ क्षेत्रीय प्रतिनिधि रहेको सो नगर चुनावमा १२३ मत खसेपछि चुनाव नै रोकिएको छ । मतदाताको रूपमा रहेका क्षेत्रीय प्रतिनिधि घर फर्किएका छन् ।

यसको कारणचाहिँ नगर सभापतिको उमेदवार विवादले हो । उक्त नगरपालिकाको सभापतिमा नुरराज कडरिया र श्रीकृष्ण पौडेलको प्यानल चुनावमा भिडेको थियो ।

KFC Island Ad
NIC Asia

तर, मतपत्रमा मत दिने संकेत कडरियाको नाममा मात्र राखिएको छ । पौडेललाई मत दिने ठाउँमा मत संकेत गर्ने कुनै विकल्प राखिएको छैन । यसबाहेक दुवैको क्रमसंख्या १/१ राखिएको छ ।

यो मतपत्रका कारण कडरिया समूहको मात्र मतगणना हुने देखिएपछि मतदाताले मतपत्र नै जलाएका छन् । एक मतदात सुवास पौडेल भन्छन्, “दुवैको क्रमसंख्या १ छ, एकजना उमेदवारलाई त मत नै दिन नपाइने बनाइएको छ । २०२ मतदातामा १२३ मतदान भएको छ । निर्वाचन अधिकृतको मिलेमतोमा बनाइएको यो मतपत्र च्यातिएको छ । अब अधिवेशन कहिले हुन्छ थाहा छैन ।”

Royal Enfield Island Ad

आफूले आफैँलाई मत हाल्न नपाउने गरी तयार भएको मतपत्रबारे नगर सभापतिका उमेदवार पौडेल भन्छन, “म त मत माग्नमा व्यस्त थिएँ । मतपत्र तयार भएपछि दुवै उमेदवारलाई निर्वाचन अधिकृतले बोलाउनुपर्ने हो, त्यो पनि भएन । वर्णानुक्रम अनुसार मेरो नाम अगाडि आउनुपर्थ्यो, त्यो पनि आएन । अर्को कुरा, दुईजना उमेदवार भएपछि क्रमसंख्या स्वत १ र २ हुनुपर्ने हो । दुवैको १/१ छ । यहाँ सरासर निर्वाचन अधिकृतको बेइमानी देखिन्छ । त्यसकारण चुनाव रोक्नुपर्छ भनेर लागेका हौँ ।”

उक्त नगरमा निर्वाचन गराउने दायित्व दिनेश चिलुवालले पाएका थिए । निर्वाचन अधिकृतको भूमिकामा उठेका प्रश्नबारे उनले भने, “प्राविधिक त्रुटि ३/४ मत खसेपछि मैले थाहा पाएको हुँ ।”

तर, निर्वाचन अधिकृतले नै मतपत्रमा हस्ताक्षर गर्ने भएपछि त्यो त तपाईंको कमजोरी देखियो, एउटा समूहलाई फाइदा हुने गरी काम गर्नुभयो नि, क्रमसंख्या पनि एउटै राख्नुभएछ त ? भन्ने प्रश्नमा उनले भने, “दुवैपक्षका एजेन्टलाई बोलाएर मतपत्र देखाएको हो, उहाँहरूले हुन्छ भनेपछि मतदान सुरु भएको हो । मतपत्रमा प्राविधिक त्रुटि मैले पनि पछि थाहा पाएँ । थाहा पाएपछि दुवैतर्फबाट एजेन्ट बोलाएको हो । यसले केही फरक पर्दैन भनेपछि मतदान अगाडि बढाएका हौँ । तर, रोकियो । अब कहिले हुन्छ थाहा छैन ।”

सभापतिका अर्का उमेदवार नुरराज कडरियाले निर्वाचन अधिकृतको त्रुटिका कारण मतपत्रमा प्राविधिक गल्ती देखिएकोले चुनाव रोकिएको बताए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज ९, २०७८  २२:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro