काठमाडौं । भारत सरकारले पाम तेल आयात गर्नका लागि लाइसेन्स लिनुपर्ने व्यवस्था गरेको छ ।
तथ्यांकमा देखिएन पाम प्रतिबन्धको असर, व्यापार घाटा गत वर्षभन्दा ६ प्रतिशत कम
भारतले गरेको यो व्यवस्थासँगै नेपालसहित भारतमा पाम तेल निर्यात गर्दै आइरहेका मुलुकका लागि सहज हुने देखिएको छ ।
यसअघि भारतले पाम तेल आयातमा प्रतिबन्ध लगाएको थियो ।
नेपालबाट निर्यात हुने पाम आयलमा भारतको रोक
त्यसको प्रत्यक्ष असर नेपाली व्यवसायीमा पनि परेको थियो ।
भारतको वैदेशिक व्यापार महानिर्देशकको कार्यालयले पाम तेल आयातका लागि लाइसेन्स लिनुपर्ने व्यवस्था गरेको छ ।
पाम आयलः कच्चा पदार्थ आयात गरेर निर्यातमा ‘नम्बर वान’
लाइसेन्स लिने व्यक्ति वा संस्थाले जहाँबाट पनि अब सहज रुपमा पाम तेल किन्न सक्नेछन् ।
नेपालको वाणिज्य मन्त्रालयले स्रोतले बाह्रखरीसँग कुरा गर्दै अब नेपाली व्यवसायीका लागि पनि सहज हुने बताए ।
पाम तेलमाथि भारतको प्रतिबन्ध : अल्पकालीन लाभका लागि पुनः पहल किन गर्ने ?
“नेपालबाट हुने पामतेल निर्यात सहज हुनेछ,” ती अधिकारीले बाह्रखरीसँगको कुराकानीमा भने, “नेपाललाई सहज अवस्था सिर्जना हुन्छ । भारतले हामीलाई जानकारी गराइरहनुपर्दैन । भारतमा लाइसेन्स लिनेले जहाँबाट पनि आयात गर्न पाउँछन् ।”
अर्थमन्त्रीले भने, ‘पाम तेल उद्योगको अन्त्य भयो’