site stats
बाह्रखरी :: Baahrakhari
देश
कलंकीमा स्कुलभित्र भ्यान दुर्घटना : एक विद्यार्थीको मृत्यु, सातजना घाइते

काठमाडौं । काठमाडौंको कलंकीस्थित स्कुलभित्र एउटा भ्यान दुर्घटना भएको छ । भ्यानको ठक्करबाट नौ वर्षीया एक विद्यार्थीको मृत्यु भएको छ । पाँच विद्यार्थी घाइते छन् ।

ईडीआईएफवाई स्कुलभित्र पोलमा ठोक्किएर ईभी भ्यान दुर्घटनामा भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

स्कुलकै भ्यान दुर्घटनामा एक शिक्षक र चालक समेत घाइते छन् । दुर्घटनामा परेर घाइते भएकी सर्लाहीकी सोनाक्षी यादवको उपचारका क्रममा कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ । कंलकीकै नेपाल नेसनल अस्पतालमा उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असार २, २०८२  १५:५५
प्रतिक्रिया दिनुहोस्