site stats
बाह्रखरी :: Baahrakhari
विचार
सामाजिक सञ्जालमा निराशाजनक स्टाटस लेखेका चिकित्सक खोज्दै प्रहरी
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । प्रहरीले सामाजिक सञ्जाल फेसबुकमा निराशाजनक स्टाटस लेखेका एक चिकित्सकको खोजी गरिरहेको छ । जिल्ला अस्पताल रामेछापमा कार्यरत रहँदा विभिन्न व्यक्तिले अस्वाभाविक दुःख दिएर आफ्नो सरुवा गराएको उनले दुखेसो पोखेका छन् ।

नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले फेसबुक स्टाटसका आधारमा उनको खोजी थालेको छ । ब्युरोका एक अधिकारीले बाह्रखरीसित भने, ‘‘फेसबुकमा स्टाटस लेख्नासाथ हामीले उनको खोजी थालेका छौँ ।’’

प्रहरीले खोजी गरिरहे पनि सोमबार (असार २) मध्याह्न करिब साढे १२ बजेसम्म उनी भेटिएका छैनन् ।

प्रकाशित मिति: सोमबार, असार २, २०८२  १२:५२
प्रतिक्रिया दिनुहोस्