site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
अध्ययनपछि रुग्ण उद्योग कसरी सञ्चालन गर्ने भन्ने विकल्प निस्किन्छ : अर्थमन्त्री

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बन्द रहेका रूग्ण उद्योगको बारेमा अध्ययन सुरू भएको बताएका छन् । आगामी वर्षको बजेटमा उठेका सौद्धान्तिक विषयहरूको जवाफ दिँदै प्रतिनिधिसभाको सोमबारको बैठकमा मन्त्री पौडेलले यी उद्योग सञ्चालनका लागि सार्वजनिक लगानी व्यवस्थापनसम्बन्धी ऐन जारी भएको बताए । 

यसका लागि चलअचल सम्पत्ति दायित्व मूल्यांकन (डीडीए) प्रतिवेदन तयार भइरहेको उनको भनाइ छ । “हामीले केही समयअगाडि सार्वजनिक लगानी व्यवस्थापनसबन्धी ऐन यही सभाबाट पारित गरेका छौँ । त्यस ऐनअन्तर्गत रुग्ण अवस्थामा रहेका आयोजनाहरू जनकपुर चुरोट कारखाना, बुटवल धागो कारखाना, हेटौँडा सिमेन्ट कारखाना, उदयपुर सिमेन्ट कारखाना, गोरखकाली टायर कारखाना लगायतका संस्थाहरू जुन रूग्ण अवस्थामा छन् ती रूग्ण संस्थानहरूको डीडीए हामी गदैछौँ,” उनले भने । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यी संस्थानहरूको समग्र अवस्था के छ भनेर अध्ययन भइरहेको पनि उनले बताए । यो रिपोर्टकै आधारमा यसपछि ती आयोजनाहरूलाई कसरी सञ्चालन गर्ने, कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल हुने उनको भनाइ छ । “अध्ययनमा प्रवेश गर्दा नै बेचेर खान थाले भन्ने सस्तो टिप्पणी हुन्छ, यस्तो प्रकारको टिप्पणी नगर्न म आग्रह गर्न चाहन्छु,” उनले भने, “रुग्ण अवस्थामा रहेका आयोजनाहरू किन बन्द भए र कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल पनि नगर्ने हो भने त्यो उचित तरिका हुन सक्दैछ ।”

अध्ययनमा प्रवेश गरिएको र के विकल्पमा जानुपर्छ वा कसरी संस्थानहरू सञ्चालन गर्न सकिन्छ भन्ने निष्कर्षमा पुग्न सकिने उनको भनाइ छ । 

 

प्रकाशित मिति: सोमबार, असार २, २०८२  १९:४४
प्रतिक्रिया दिनुहोस्