site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
नेपाल भ्रमणका लागि अनलाइन भिसा प्लेटफर्म सुरु

काठमाडौं । नेपेक्स ट्राभल्सले हालै मात्र नेपाल भ्रमणका लागि अनलाइन भिसा सेवा सुरु गरेको छ । अब विदेशी पर्यटकहरूले नेपाल आउनुअघि नै अनलाइन आवेदन दिएर, सरकारी शुल्क तिरेर केही घण्टामै भिसा स्वीकृति इमेलमार्फत प्राप्त गर्न सक्नेछन् ।

हालम्म पर्यटकहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झरेपछि मात्र फारम भर्ने, लाइन बस्ने र भुक्तानी गर्ने वा विदेशस्थित नेपाली नियोगहरूमा आफैँ उपस्थित हुने जस्तो झन्झटिलो प्रक्रिया अपनाउनु पर्थ्यो । पहिलोपटक नेपाल भ्रमण गर्ने अधिकांश पर्यटकहरू यस प्रक्रियाबाट अलमलमा पर्ने गरेका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अब भने नेपेक्स ट्राभल्सद्वारा सुरु गरिएको अनलाइन प्रणालीमार्फत् सेवा लिन सकिने भएको हो । 

 

प्रकाशित मिति: आइतबार, असार १, २०८२  २०:४७
प्रतिक्रिया दिनुहोस्