काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले पाम आयलबाट व्यवसायी र सरकार दुवै लाभान्वित हुने दिन सकिएको संकेत गरेका छन् । राजधानीमा सोमबार आयोजित कार्यक्रममा उनले कुनै व्यवसायको प्राकृतिक मृत्यु हुने र अहिले पाम आयलको पनि त्यही अवस्था भएको दाबी गरेका हुन् ।
खतिवडाले भने, “मान्छे जन्मेपछि मर्नुपर्छ । प्रकृतिको पनि एकदिन अन्त्य हुन्छ । त्यस्तै कुनै पनि उद्योग व्यवसायको मृत्यु हुन्छ ।” मृत्य हुनु स्वभाविक प्रक्रिया रहेको उनको दाबी छ । खतिवडाले थपे, “कुनै उद्योग बन्द हुने प्रक्रिया प्राकृतिक हो ।”
भारतले गत बुधबार पाम तेल आयातमा प्रतिबन्ध लगाएको छ । नेपाली व्यवसायीका लागि नाफाको स्रोत र व्यापार घाटाको तथ्यांकमा योगदान पुर्याएको पाम तेलमाथिको प्रतिबन्धपछि निर्यात खुलाउने पहलमा नेपाल लागेको छ । व्यवसायीका अनुसार पाम आयल निर्यात बन्द भए अर्बौंको घाटा हुनेछ ।