site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
विनियोजन विधेयक सर्वसम्मतिले स्वीकृत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नाराबाजीबीच ‘विनियोजन विधेयक २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ । 

‘भिजिट भिसा’ प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै रास्वपाले दिनभर सदनमा नाराबाजी र ‘वेल’ घेराउ गरे पनि बैठक सञ्चालन भएको थियो । बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त प्रस्ताव पेस गरेका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यसअघि बैठकमा विनियोजन विधेयकमाथिको सैद्धान्तिक छलफल भएको थियो । 

विभिन्न मन्त्रालयको बजेटमाथिको छलफल यही असार ५, ६ र ७ गत हुने र प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम असार ६ गते हुने सभामुख देवराज घिमिरेले बताए ।

 

प्रकाशित मिति: सोमबार, असार २, २०८२  २०:१०
प्रतिक्रिया दिनुहोस्