
काठमाडौं । इरानको सरकारी टीभी च्यानल, इस्लामिक रिपब्लिक अफ इरान न्यूज नेटवर्कले इजरायलले आक्रमण गरेको बताएको छ । आक्रमणपछि केही मिनेटको लागि बन्द रहेको सरकारी टीभी प्रसारण पुनः सुरु भएको छ ।
सरकारी टीभी च्यानलले स्क्रिनमा देखाउँदै आक्रमण भएको जनाएको छ । अहिले पुनः सबै कार्यक्रमहरू कुनै समस्याबिना प्रत्यक्ष प्रसारण भइरहेको जनाइएको छ ।
अर्को समाचार टिकरमा, च्यानलले इजरायलले 'इरानको सरकारी टीभी भवनलाई निसाना बनाएको' बताएको छ ।
राज्य टीभीले इजरायलले आक्रमण गरेर 'सत्यको आवाजलाई दबाउन' खोजिरहेको बताएको छ ।
यसअघि इजरायलका रक्षामन्त्रीले इरानको राज्य प्रसारक 'चाँडै हराउने' चेतावनी दिएका थिए ।
इजरायली मन्त्रीले भने, "इरानको सरकारी टीभी र रेडियो 'गायब हुन लागेको' छ ।"