site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इरान–इजरायलबीच बढ्दो तनावबारे रुस र टर्कीले के भने ?

काठमाडौं । इजरायलले इरानमाथि गरेको आक्रमणको बारेमा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फोनमा कुराकानी गरेका छन् । 

एर्दोगान र पुटिन दुवैले इरानमाथि इजरायली आक्रमणको निन्दा गरेका छन् । दुवै नेताले यो द्वन्द्व तत्काल अन्त्य गर्न पनि अपील गरेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

रुस र टर्कीले इजरायलको आक्रमणलाई अन्तर्राष्ट्रिय कानुनको उल्लंघनको रूपमा वर्णन गरेका छन् । दुवै देशले इरान र इजरायलबीच मध्यस्थता गर्न तयार रहेको घोषणा पनि गरेका छन् ।

यसैबीच, केही समयअघि इरानको सरकारी टीभी च्यानल, इस्लामिक रिपब्लिक अफ इरान न्यूज नेटवर्कले इजरायलले आक्रमण गरेको बताएको थियो ।

प्रकाशित मिति: सोमबार, असार २, २०८२  २३:०३
प्रतिक्रिया दिनुहोस्