
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हुलाकी राजमार्ग आगामी दुई वर्षमा सम्पन्न गर्ने बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा आगामी वर्षको बजेटमा उठेका सौद्धान्तिक विषयहरूको जवाफ दिँदै मन्त्री पौडेलले हुलाकी राजमार्गका सबै काम आगामी दुई वर्षमा पुरा गर्ने बताएका हुन् ।
“माननीयज्यूहरूले हुलाकी सडकको सन्दर्भमा बजेट अपर्यप्तताको चर्चा गर्नु भएको छ । त्यो आयोजनाको कतिपय पुलका विषयमा चर्चा गर्नु भएको छ, म के भन्न चाहन्छु भने हुलाकी राजमार्ग हामी आगामी दुई वर्षभित्र पुरा गर्छाैँ,” उनले भने ।
दुई वर्षभित्र पुललगायत सडकको भौतिक निर्माण पनि सम्पन्न हुने उनको जिकिर छ । अहिलेको बजेटले राष्ट्रिय महत्त्वका र गौरवका आयोजनालाई प्राथमिकता दिएको पनि उनले बताए । राष्ट्रिय गौरवका आयोजनालाई बजेट कम हुन नदिने मन्त्री पौडेलको भनाइ छ ।