site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
धवलशमशेर जबरालाई तीन लाख धरौटीमा रिहा गर्ने आदेश
फाइल तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । तीनकुने घटनामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशमशेर जबरालाई तीन लाख धराटीमा रिहा गर्ने आदेश भएको छ । सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिवप्रसाद खनालको इजलासबाट जबरालाई तीन लाख धरौटीमा छोड्ने आदेश भएको हो । 

चैत १५ को अराजक तीनकुने घटनाका दिन राजावादी आन्दोलनमा पार्टीको जनपरिचालन संयोजकको हैसियतमा जबरा सहभागी थिए । उनलाई मुख्य अभियुक्त मान्दै प्रहरीले चैत १५ गते नै पक्राउ गरेको थियो । 

स्वास्थ्य समस्याका कारण काठमाडौं जिल्ला अदालतको आदेशमा रिहा भएका थिए । त्यसपछि प्रहरीको सम्पर्कमा समेत नगई उनले ५० हजार जरिबाना समेत तिरेका थिए । तर, सोमबार अदालतमा हाजिर हुन पुगेका उनको बयान सकेर थुनछेक बहस भएको थियो । बहस सकिएपछि उनलाई तीन लाख धरौटी राखी तारेखमा रिहा गर्न आदेश भएको हो ।

प्रकाशित मिति: सोमबार, असार २, २०८२  १८:३६
प्रतिक्रिया दिनुहोस्