site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नागरिकता विधेयकः वैवाहिक अंगीकृतमा अल्झियो गाँठो
SkywellSkywell

काठमाडौं । नेपाल नागरिकता ऐन ०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामा दर्ता भएको १३ महिना भयो । गतवर्ष साउन २२ गते गृह मन्त्रालयले संसदमा दर्ता गराएको विधेयक दफावार छलफलका लागि गत भदौ ५ गते संसदीय समितिमा पठाइयो ।  समितिमा विधेयकमाथि पटक–पटक दफावार छलफल भयो । तर, समिति निष्कर्षमा पुग्न सकेन । समितिले सहमति जुटाउन नसकेपछि विवादित विषयमा सहमति गर्न भन्दै उपसमिति गठन गरियो ।

गत चैत ७ गते गठन गरिएको उपसमितिले ५ महिनापछि अर्थात् भदौ १० गते प्रतिवेदन बुझायो । विवादित विषयमा उपसमितिमा भएका सहमति र असहमतिसहित प्रतिवेदन फेरि समितिमै आइपुग्यो । त्यसयता राज्यव्यवस्था समितिमा उपसमितिले दिएको प्रतिवेदनमाथि लगातार छलफल भइरहेको छ । तर, कतिपय विषय उपसमितिमा सहमति भए पनि समितिमा आएर बल्झिएका छन् । 

नागरिकता विधेयकः झुठो विवरण बुझाए तीन वर्ष जेल र दुई लाखसम्म जरिबानामा सहमति

तर, नागरिकता विधेयकमा मुख्य गाँठो, अंगीकृत नागरिकतासम्बन्धी व्यवस्थामा आएर परेको छ ।  छिट्टै नागरिकता विधेयकलाई टुंगो लगाउनुपर्ने दबाबमा समिति छ ।

KFC Island Ad
NIC Asia

समिति सभापति शशी श्रेष्ठ समितिमा अरु पनि महत्वपूर्ण विधेयकमा छलफल गर्नुपर्ने भन्दै अब नागरिकता विधेयकलाई यथाशक्य टुंगाउनुपर्ने बताउँछिन् । सहमति हुन नसकेका प्रावधानहरुमा समिति मत विभाजनतर्फ जान सक्ने संकेत देखिएको छ । यद्यपी, समितिमा सहमतिनै आफ्नो प्राथमिकता भएको सभापति श्रेष्ठ बताउँछिन् । 

मुल गाँठो वैवाहिक अंगीकृत 

Royal Enfield Island Ad

“नागरिकता दिने विषय राष्ट्रिय सुरक्षासँग पनि जोडिएको छ । त्यसकारण हामीले समानताको कुरा गर्दा अधिकारको कुरा गर्दा त्योसँगै राष्ट्रिय सुरक्षा गर्ने जिम्मेवारी पनि हाम्रै हो भन्ने भुल्नु हुँदैन,” गृहमन्त्री रामबहादुर थापाले विधेयकमाथि संसदमा सैद्धान्तिक छलफलका क्रममा भनेका थिए । 
सत्तारुढ र प्रतिपक्ष दलका अरु सांसदहरुले पनि नागरिकताको विषय राष्ट्रियतासँग जोडिएको भन्दै नागरिकता दिनेसम्बन्धी व्यवस्थामा कडाई गर्नुपर्ने बताउँदै आएका छन् । 

गृह मन्त्रालयका अनुसार नेपालमा ३ लाख बढी विदेशी महिलाले अंगीकृत नागरिकता लिएका छन् । यसरी नागरिकता लिनेमा अधिकांश महिला छिमेकी मुलुक भारतका छन् । मधेस केन्द्रित दल भने अहिलेको व्यवस्थामा थप कडाई गर्न नहुने पक्षमा छन् । 

नागरिकता ऐनमा के छ ?  संशोधनमा के छ ? 

हाल नेपालीसँग विवाह गरेर आउने विदेशी महिलाको हकमा नेपाली नागरिकता प्राप्तिको व्यवस्था के छ त ? यसबारे नेपाल नागरिकता ऐन ०६३ को दफा ५ को उपदफा १ मा व्यवस्था छ ।

‘बिहे गरेर आउनासाथ विदेशीलाई राजनीतिक अधिकार नदिऊँ’

जसमा, “नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएकी विदेशी महिलाले नेपालको नागरिकता प्राप्त गर्न चाहेमा तोकिएको अधिकारी समक्ष तोकिएको ढाँचामा निवेदन दिनुपर्नेछ । त्यसरी निवेदन दिँदा नेपाली नागरिकसँग भएको वैवाहिक सम्बन्धको र आफुले विदेशी नागरिकता त्याग्ने कारबाही चलाएको निस्सा पनि साथै पेश गर्नु पर्नेछ,” उल्लेख छ । नागरिकता नत्याग्दै त्याग्ने प्रक्रियामात्रै प्रारम्भ गरेपछि नेपालको नागरिकता उसले तत्कालै पाइहाल्छिन् । 

गृह सचिव प्रेम राई वैवाहिक अंगीकृतको अभिलेख नभएको बताउँछन् । राज्य व्यवस्थाको बैठकमा उनले बिहीबार कति विदेशी महिलाले नागरिकता लिँदा चलाएको निस्सा के भयो भन्नेबारे अभिलेख नभएको स्विकार गरे । 

सरकारले निस्साको विषयलाई राम्ररी हेर्न नसकिएको ठानेरै होला संशोधनमा त्यो कुरालाई सम्बोधन गर्न खोजेको देखिन्छ । उसले नागरिकता परित्यागको निस्सा प्रक्रिया प्रारम्भ गरे हुने ठाउँमा ६ महिनाभित्र विदेशको नागरिकता त्यागेको निस्सा पेश गर्नुपर्ने व्यवस्था प्रस्ताव गरेको छ । 
नागरिकता प्राप्त गरेको मितिले ६ महिनाभित्र विदेशको नागरिकता पेश गर्नुपर्ने र  पेश नगरेमा नागरिकता रद्द गर्ने व्यवस्था ऐनमा थप गर्न सरकारको प्रस्ताव छ । 

कांग्रेस सांसद एवं राज्य व्यवस्था समिति सदस्य मिना पाण्डे समयावधी राख्न नहुने पक्षमा छन् । “समयावधि राखेको भन्दा संशोधनमा ल्याइएको व्यवस्था नै कडा हो नि !” उनी भन्छिन् ।  तर, यो व्यवस्थामा सत्तारुढ दल र प्रतिपक्षी दलका सांसदहरु सन्तुष्ट छैनन् । उनीहरुले नेपालको नागरिकता प्राप्तिका लागि थप कडाई गर्नुपर्ने अडान राखेका छन् । 

वैवाहिक अंगीकृतका लागि ७ देखि १५ वर्षसम्मको प्रस्ताव 

भारतमा विवाह गरेर जाने विदेशी महिलाले ७ वर्षपछि मात्र नागरिकता प्राप्तिको प्रक्रियामा जान पाउने व्यवस्था तर्क कतिपय सांसदको छ । चीनमा त विदेशी महिलालाई नागरिकता दिने व्यवस्था नै नभएको उनीहरुको तर्क छ । उनीहरुले भारत र चीन जस्ता अर्बौँ जनसंख्या भएका दुई ठुला मुलुकको बीचमा रहेको नेपाल सानो मुलुक भएकाले यसरी नागरिकता दिँदा राष्ट्रियता संकटमा पर्ने तर्क गर्दै आएका छन् ।

संसदीय समितिमा कांग्रेसले खोज्यो गृहमन्त्री, टुंगिएन वैवाहिक अंगीकृतको विवाद

सत्तारुढ दल नेकपाकी सांसद यसोदा सुवेदी गुरुङ सिन्दुर हाल्नासाथ हातमा विदेशी महिलालाई नागरिकता दिन नहुने तर्क गर्छिन् । “वैवाहिक अंगीकृतमा निश्चित समयसीमा तोक्नुपर्छ । भारतमा ७ वर्षको व्यवस्था छ । चीनमा त नागरिकता दिने व्यवस्थै छैन,” उनको तर्क छ, “आज नागरिकता दिने, भोलि नै राज्यसत्तामा सहभागिता प्रत्यक्ष सुनिश्चित गरियो । सामाजिक, साँस्कृतिक अधिकार सुरक्षित गर्नुपर्छ तर राजनीतिक अधिकार दिनुहुँदैन ।”

राज्य व्यवस्था समितिको छलफलमा सांसद लक्ष्मी चौधरी, नवराज सिलवाल, प्रेम सुवाललगायतले ७ देखि १५ वर्षसम्म राख्न प्रस्ताव गरे ।  वैवाहिक अंगीकृतको विषयमा समितिमा धेरै अल्झन नहुने भन्दै उनले मतदानबाटै भए पनि निष्कर्षमा पुग्नुपर्ने धारणा राखे । मतदानमा जाने कुरामा नेमकिपाका सांसद प्रेम सुवालले पनि समर्थन गरे । 

अंगीकृत नागरिकताको सवालमा मधेस केन्द्रित दलका नेताहरुले बढी चासो राख्दै आएका छन् । उनीहरु वैवाहिक अंगीकृतको हकमा कडा व्यवस्था गर्न नहुने पक्षमा छन् । 
राज्यव्यवस्था समितिमा राष्ट्रिय जनता पार्टीका दुईजना अध्यक्षमण्डलका दस्य छन्, राजकिशोर यादव र राजेन्द्र महतो । तर, उनीहरु दुवैजना बैठकमा न्युन उपस्थित हुने गर्छन् । समितिले विधेयकलाई टुंगाउने अन्तिम तयारी गरिरहँदा उनीहरु पछिल्ला बैठकहरुमा देखिएका छैनन् । 


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २६, २०७६  १८:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro