site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको अनुमति 
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनमा सेना परिचालन गर्ने सरकारको प्रस्ताव स्वीकृत गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको प्रस्ताव राष्ट्रपति पौडेलले आइतबार स्वीकृत गरेका हुन् ।

“सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संवत् २०८१ साल मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन, २०८१ सुरक्षित, भयरहित, निष्पक्ष एवम् शान्तिपूर्ण रूपमा सम्पन्न गर्न नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१/८/६ को निर्णय बमोजिम सम्माननीय प्रधानमन्त्रीको मिति २०८१/८/६ को सिफारिसमा उल्लेखित उपनिर्वाचनमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गर्नुभएको छ,” राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

स्थानीय तहका रिक्त पदमा परिपूर्तिका निम्ति यही मंसिर १६ गते उपनिर्वाचन हुँदै छ ।

प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  १६:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro