site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उपनिर्वाचन हुने क्षेत्रमा बिदा दिन आयोगको आग्रह

काठमाडौं । यही मंसिर १६ गते स्थानीय तह उपनिर्वाचन हुने क्षेत्रमा सार्वजनिक बिदा दिन निर्वाचन आयोगले आग्रह गरेको छ । सम्बन्धित स्थानीय तह र वडा क्षेत्रमा बिदा दिने व्यवस्था मिलाउन आयोगले सरकारलाई आग्रह गरेको हो ।

आइतबार बसेको आयोगको बैठकबाट बिदाको आग्रहसहितका निर्णय गरिएको प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् । “मिति २०८१ मंसिर १६ गते आइतबार मतदान हुने दिन स्थानीय तहको प्रमुख वा उपप्रमुख वा अध्यक्ष वा उपाध्यक्ष पदको लागि उपनिर्वाचन हुने स्थानीय तहमा सम्बन्धित स्थानीय तहभर र वडाध्यक्षको उपनिर्वाचन हुने स्थानीय तहमा वडाको क्षेत्रभित्र सम्बन्धित स्थानीय तहअन्तर्गतका कार्यालयहरूमा सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन नेपाल सरकार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई लेखी पठाउने,” आयोगको निर्णयमा उल्लेख छ ।

यस्तै, मंसिर १३ देखि १६ गते मतदान सम्पन्न नभएसम्म मतदानस्थलका रूपमा कायम गरिएका सामुदायिक र निजी विद्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, औद्योगिक प्रतिष्ठान वा अरू सार्वजनिकस्थलहरू उपनिर्वाचन प्रयोजनका निम्ति उपयोग गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

“मिति २०८१ मंसिर १६ गते आइतबारका दिन उपनिर्वाचन हुने स्थानीय तहका मतदाताहरूलाई बिदाको सुविधा वा अन्य उपयुक्त वैकल्पिक उपाय अपनाई मतदान गर्ने सहज व्यवस्था मिलाइदिन सम्बन्धित स्थानीय तह वा जिल्लास्थित निजी क्षेत्रबाट सञ्चालित औद्योगिक वा शैक्षिक वा अन्य प्रतिष्ठानहरूलाई आह्वान गर्ने,” आयोगको अर्को निर्णयमा उल्लेख छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  १७:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro