site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बालेनलाई एमालेले भन्यो– सभाको आयोजक हामी होइनौँ

काठमाडौं । नेकपा (एमाले)ले काठमाडौं महानगरपालिकाले तिराउन खोजेको जरिवानासम्बन्धी पत्र फर्काइदिएको छ । यही मंसिर ७ गते काठमाडौंको दरबारमार्गमा आयोजित जागरणसभापछि उक्त स्थानमा फोहोर गरिएको भन्दै एमालेलाई महानगरले एक लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने पत्र लेखेको थियो ।

उक्त पत्र बोकेर महानगरको टोली आइतबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालय पुगेको थियो । एमाले केन्द्रीय कार्यालयले भने जागरणसभाको आयोजक आफू नभएको भन्दै महानगरको पत्र फिर्ता पठाएको हो ।

महानगरका नगर प्रहरी निरीक्षक किशोर भट्टराई जरिवानासम्बन्धी पत्र बोकेर एमाले केन्द्रीय कार्यालय पुगेका थिए । भट्टराईले बाह्रखरीसित भने, “उहाँहरूले पत्र पढ्नुभयो र हामी आयोजक होइनौँ भन्दै हामीलाई फिर्ता पठाउनुभयो । पत्र बुझ्नु भएन ।”

एमाले केन्द्रीय कार्यालयले जागरणसभाको आयोजक पार्टीको उपत्यका कमिटी भएको भन्दै महानगर टोलीलाई फर्काएको हो । जागरणसभाको पोस्टरमा आयोजक भनेर ‘नेकपा (एमाले) काठमाडौं, ललितपुर, भक्तपुर उपत्यका विशेष, सम्पर्क र जनसंगठनहरू’ लेखिएको छ ।

महानगरले अब जागरणसभाका आयोजकलाई उक्त पत्र बुझाउने जनाएको छ ।

काठमाडौं महानगर क्षेत्रमा सभा गरेर फोहोर गरिएको भन्दै जरिवाना तोकिएको यो पहिलोपटक होइन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गत चैत २७ गते गरेको आमसभापछि फोहोर भएको र ट्राफिक आइल्यान्डमा क्षति पुगेको भन्दै पाँच हजार २२२ रुपैयाँ जरिवाना तोकिएको थियो । राप्रपाले जरिवाना रकम तिरिसकेको काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)का मिडिया सहजकर्ता सुरेन्द्र बजगाईंले जानकारी दिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  १४:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro