site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कीर्तिपुरको उपनिर्वाचन प्रचारमा आइपुगे हर्क साङपाङ
फाइल तस्बिर ।

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ काठमाडौंको कीर्तिपुर नगरपालिकाको चुनावी प्रचारमा पुगेका छन् । उनले स्वतन्त्र उमेदवार राजमान महर्जनलाई समर्थन गर्ने जनाएका छन् ।

केटा र केटी चुनाव चिह्न पाएका महर्जनको प्रचारमा साम्पाङ काठमाडौं आएका हुन् ।

Dabur Nepal
NIC Asia

“अहिले (साँझ) कीर्तिपुरमै एउटा कार्यक्रम हुँदै छ । धरानका प्रमुख चुनावी कार्यक्रमका लागि आइपुग्नुभएको छ,” महर्जनले बाह्रखरीसँग भने ।

फोहोर मैला सरसफाइ अभियन्ता महर्जनले स्वतन्त्र उमेदवारहरूलाई सहयोग गर्न पहल पनि गरिरहेका छन् । 

“भोलि बिहान ८ बजे कार्यक्रम गर्दै छौँ । स्वतन्त्र उमेदवरहरूलाई सहयोगका लागि अपिल भइरहेको छ । भोलिको कार्यक्रमबाट थाहा हुन्छ,” उनले भने ।

कीर्तिपुर नगरपालिकामा राजनीतिक दलका ९ र ११ जना स्वतन्त्र उमेदवार छन् । मंसिर १६ गते कीर्तिपुरका १ र ४ नम्बर वडामा पनि उपनिर्वाचन हुँदै छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  १८:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro