site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जीबी राईको सम्पत्ति– ललितपुरमा मन्त्री निवास नजिकै २४ रोपनी जग्गा, अन्त कहाँ–कहाँ छ ?

काठमाडौं । नेपालमा यतिबेला सर्वाधिक खोजी सूचीमा रहेका व्यक्ति हुन् गितेन्द्रबाबु (जीबी) राई । राई सहकारी ठगी प्रकरणका मुख्य नाइकेका रूपमा स्थापित छन् । 

उनी मलेसियामा रहेको सूचना प्रहरीसँग भए पनि नेपाल ल्याउन भने सकेको छैन । मलेसियाको असहयोगका कारण उनलाई नेपाल ल्याउन नसकेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

सहकारी ठगीका मुख्य आरोपी राईको सम्पत्ति बिक्री गरेर पनि निक्षेपकर्ताको रकम फिर्ता गर्नुपर्ने आवाज उठिरहेको छ । उनको सम्पत्ति कहाँ कति होला ? अहिले सरकारी निकायले उनको नाममा रहेको र आफन्तका नाममा राखिएको सम्पत्तिको अध्ययन गरिरहेको छ ।

Dabur Nepal
NIC Asia

जीबी राई सञ्चालित पाँचवटा सहकारीबाट हजारौँ बचतकर्ताका अर्बौँ रकम अपचलन भएको छ ।  प्रहरीको पत्राचारका आधारमा जीबी राई जोडिएका कम्पनी तथा बैंक खाता र घरजग्गा कारोबार रोक्का गरिएको छ ।

जीबी राईले सञ्चालन गरेका पाँचवटा सहकारी पोखराको सूर्यदर्शन, बुटबलको सुप्रिम, चितवनको साहारा, काठमाडौंको स्वर्णलक्ष्मी र पर्साको सानो पाइलामार्फत् ६५ करोड रकम ग्यालेक्सी टीभीमा आएको खुलेको हो ।

सहकारी ठगी तथा गोर्खा मिडियामा जोडिएका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तथा पूर्वडीआईजी छविलाल जोशी अहिले प्रहरी हिरासतमा छन् । 

उता जीबी राईलाई भने प्रहरीले कानुनी दायरामा ल्याउन सकेको छैन ।  उनी मलेसियामा रहेको प्रहरीले दाबी गरेको छ ।  उनीमाथि प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन इन्टरपोलमार्फत् रेड नोटिस नै जारी भएको छ ।

जीबीले सञ्चानल गरेको पाँचवटा सहकारीको रकम अवैध तरिकाले आफ्नो व्यक्तिगत तथा अनेक कम्पनीमार्फत् अपचलन गरेको खुलेको छ । 

GB-1731814088.jpg
 

कति छ जीबीको रोक्का गरिएको अचल सम्पत्ति ?

पाँचवटा सहकारीबाट बचतकर्ताका रकम मनमौजी तरिकाले झिक्दै जीबी राईले जग्गा किनबेचदेखि सेयर कारोबारमा लगानी गरेको देखिएको छ ।

राईको सबै बैंक खाताहरू प्रहरीको पत्राचारपछि रोक्का गरिएको छ ।  काठमाडौंदेखि देशका ठाउँ–ठाउँमा जीबीले सयौँ रोपनी जग्गा खरिद गरेको खुलेको छ । ती सबै प्रहरीको पत्राचार पछि रोक्का छ । जीबीको ललितपुर सैंबुस्थित मन्त्री क्वाटर नजिकमात्रै २४ रोपनी जग्गा भेटिएको छ । 

जीबी राईकै नामबाट उनले चेनी क्यापिटलको नाममा नामसारी गरेको देखिएको छ । सैंबुक्षेत्रमा आनाकै करिब करोड हाराहारीमा जग्गा किनबेच भइरहेको स्रोत बताउँछ ।  सैंबुबाहेक भक्तपुरको बागेश्वरीमा समेत दुई रोपनी जग्गा खरिद गरेका छन् । 

उक्त जग्गा जीबी आफैँ अध्यक्ष रहेको स्प्रिङ हाउजिङ प्रालिको नाममा छ । ललितपुर भक्तपुरबाहेक रुपन्देही, मकवानपुर र बाँकेमासमेत जग्गा देखिएको छ । रुपन्देहीमा १२ रोपनी, मकवानपुरको हेटौँडासहितका ठाउँ–ठाउँमा ९६ रोपनी जग्गा भेटिएको छ । 

GB-Bank-1731814088.jpg
 

मकवानपुरको जग्गासमेत स्प्रिङ उड स्टेट एण्ड हाउजिङ प्रालिकै नाममा छ । त्यस्तै बाँकेमा १३ रोपनी जग्गा फेला परेको उच्च स्रोतले बाह्रखरीलाई उपलब्ध गराएको विवरणमा उल्लेख छ ।  बाँकेको जग्गा भने जीबीसहित आठ जनाको नाममा छ ।

त्यस्तै चितवन र गुल्मीमासमेत आठ रोपनी जग्गा जीबी राईसहितका संयुक्त व्यक्तिको नाममा रहेको खुलेको छ । जग्गाबाहेक प्रहरीको पत्राचार पछि गोर्खा मिडिया नेटवर्कसहित २५ कम्पनीको सेयर समेत रोक्का गरिएको छ । 
कम्पनीहरूमा टुर्स एण्ड एक्सपिडिसन प्रालिदेखि मन्दरा स्पा एण्ड वेलनेस सेन्टरसमेत छन् ।

यसरी जीबी राईले सञ्चालन गरिरहेका १३ वटा बैंक खाताहरूसमेत रोक्का गरिएको छ ।  तर बैंक खाताहरूमा भने ठूलो रकम देखिएको छैन ।  केही रकम जीबीले अवैध तरिकाले नेपाल बाहिर लगेको आंशका प्रहरीले गरेको छ ।

उनले ललितपुरकी लिला पछाईंका लागि ललितपुर र पोखरामा तीन करोड रुपैयाँका अपाटमेन्टका दुईवटा फ्ल्याट खरिद गरेको पनि खुलेको छ । हाल पछाईं पनि कास्की प्रहरी थुनामा छन् । 

GB-Rais-Company-1731814088.jpg
 

रवि र छविमै हिरासतमै

उता पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने तथा पूर्वडीआईजी छविलाल जोशी प्रहरी हिरासत छन् । सहकारीको रकम अवैध रुपमा गोर्खा मिडियाअन्र्तगत ग्यालेक्सी टेलिभिजनमा लगानी गरेको खुलेपछि उनीहरू दुवै पक्राउ परेका हुन् । 

लामिछाने टेलिभिजनका पूूर्वप्रबन्ध निर्देशक तथा जोशी पूर्वसञ्चालक सदस्य हुन् । कास्की प्रहरीको अनुरोधमा उपत्यका अपराध अनुुसन्धान कार्यालयको टोलीले जोशीलाई असोज ६ र लामिछानेलाई सीआईबीको टोलीले कात्तिक २ गते पक्राउ गरेको थियो । 

ग्यालेक्सी टेलिभिजनमा सूर्यदर्शनबाहेक अन्य जिल्लाको सहकारीमार्फत् समेत रकम आएको खुुलेपछि कास्की प्रहरीले उनीहरूलाई कहिले पोखरा त कहिले बुटवल लैजाने–ल्याउने गरिरहेको छ ।

बुटबलको सुप्रिम सहकारीमार्फत ग्यालेक्सी टेलिभिजनमा रकम आएको खुुलेपछि छविलाई यसअघि नै रुपन्देही प्रहरीले बयान लिएको थियो ।  हाल लामिछानेमाथि समेत रुपन्देही प्रहरीले बयान लिएर शुक्रबार मात्रै पुनः पोखरा नै फिर्ता गराएको छ ।

प्रहरीले उनीहरूमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान जारी राखेको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  ०९:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro