site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

सरकारले गरेको कर्मचारी समायोजनमा चित्त नबुझेपछि आन्दोलनमा उत्रेका सरकारी चिकित्सकहरूले आइतवार सेवा ठप्प पार्दा हजारौं बिरामी उपचार नपाएर मर्कामा परेका छन् । सरकारले डाक्टरहरूलाई संघअन्तर्गत राखी अस्पतालहरूमा खटाउनु पर्नेमा प्रदेश र स्थानीय तहमा समायोजन गर्ने निर्णय गरेकाले वृत्ति विकासलगायतको ढोका बन्द हुने ठहर गरेर डाक्टरहरू आन्दोलनमा उत्रेका हुन् । देशभरका सरकारी अस्पतालमा कार्यरत सरकारी डाक्टरहरू आन्दोलनरत छन् । उनीहरूले आकस्मिकबाहेक अरू उपचार सेवा गरेका छैनन् । सरकारी डाक्टरहरूले समायोजनप्रति आपत्ति प्रकट गरेको लामो समय भइसक्ता पनि सरकारले भने असन्तुष्टिको सम्बोघन गर्नु त परै रहोस् डाक्टहरूसँग गम्भीरतापूर्वक छलफलसमेत गरेको देखिँदैन । नेपाल चिकित्सक संघले पनि सरकार र आन्दोलनरत सरकारी चिकित्सकहरूबीच वार्ता गराउने प्रयास गरेको छैन । चिकित्सक र स्वास्थ्य मन्त्रालयको राजनीतिक तथा प्रशासनिक नेतृत्वको हठ एवं अकर्मण्यताको मार भने निरीह बिरामीहरूले सहनुपरेको छ ।  

हुन पनि निजामती सेवाका अधिकांश अधिकृत संघमै राखिएका छन् । कर्मचारी समायोजनामा निजामती सेवाका कर्मचारीको भूमिका निर्णायक रहेकाले अरू सेवाका कर्मचारीमाथि अन्याय भएको उनीहरूको गुनासो छ । समान श्रेणीका अरू सेवाका कर्मचारीका लागि संघमा दरबन्दी नै नराखी प्रदेश र स्थानीय तहमा पठाइएको छ । फलस्वरूप, सरुवा बढुवाको ढोका बन्द हुने डर सरकारी चिकित्सकलगायत अधिकांश प्राविधिक कर्मचारीले प्रकट गरेका छन् । यही कारणले डाक्टरहरू बिरामीको उपचारसमेत रोकेर आन्दोलन गर्दैछन् । डाक्टरहरूको आन्दोलनको कारण र विषय सही भए पनि उनीहरूले अपनाएको कार्यशैली भने गलत र स्वयं चिकित्सकहरूको पेसागत धर्मविरुद्ध देखिन्छ । यसैले सरकारी डाक्टरहरूको आन्दोलनप्रति जनसाारणको समर्थन र सद्भाव नरहेको हो । जनताको सद्भाव नभए आन्दोलन सफल हुनसक्तैन । यही बुझेर सरकारी डाक्टहरूले आन्दोलनको शैली परिवर्तन गर्नुपर्छ । सरकार त बाध्य नहुँदासम्म कहिले पो जनताको हितमा लचिलो भएको थियो र अहिले हो्स् ।

हिप्पोक्रेटसको ‘शपथ’ खाएका चिकित्सकहरूले रहरले त उपचार सेवा बन्द गरेका पक्कै हैनन् । तैपनि, उपचार सेवा बन्द गर्नु डाक्टरका लागि कुनै अवस्थामा उचित मान्न सकिँदैन । यसैले सबैभन्दा पहिले डाक्टरहरूले विरोधका सबै कार्यक्रम यथावत् राखे पनि उपचार नगर्ने हठ त्याग्नुपर्छ । ‘अनिश्चितकालीन स्वास्थ्य सेवा बहिष्कार’ जति लामो हुन्छ जनता पनि उत्तिकै बढी मर्कामा पर्छन् । त्यस अवस्थामा सरकारी चिकित्सकप्रति जनतामा वितृष्णा उत्पन्न हुनसक्छ । जनतामा सरकारी चिकित्सकको आन्दोलनप्रति वितृष्णा उत्पन्न भयो भने यति लामो समयसम्म पनि डाक्टरहरूसँग गम्भीर वार्ता गरेर उनीहरूको समस्या सम्बोधन नगर्ने सरकारले झन् बल पाउँछ । अहिले डाक्टरहरूले गर्दैआएको स्वास्थ्य सेवा बहिष्कार तत्काल स्थगित गरेर जनताको मन जित्नेगरी सकारात्मक शैलीमा आन्दोलन गर्नु उचित हुन्छ । सरकारी डाक्टरहरूको समर्थनमा जनसाधारण सडकमा आउने वातावरण बन्यो भने सरकारले वार्ता गरेर समस्या नटुंग्याईँ धरै पाउनेछैन । आफूले पेसागत धर्म पूरा गरेमात्र पेसाले पनि आफ्नो रक्षा गर्ने हो । उपचार सेवा बन्द राखे सरकारी डाक्टरहरूविरुद्ध जनसाधारण आन्दोलित हुनेछन् । तर, उपचार र आन्दोलनसँगै अगाडि बढाए बिरामीहरू नै डाक्टरका पक्षमा सडकमा उत्रनेछन् । यसैले हामी सरकारी चिकित्सकहरूसँग प्रत्युत्पादक हुनसक्ने स्वास्थ्य सेवा बहिष्कार आन्दोलन तत्काल स्थगित गरेर आफ्नो पेसागत धर्मको राक्षा गर्न आग्रह गर्छौँ । अस्पताल बन्द नगर ! 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २५, २०७५  १३:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro