site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
छविलाल जोशीलाई बयानका लागि काठमाडौं ल्याइयो, रविलाई केही दिनपछि 

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व डीआईजी छविलाल जोशीलाई बयानका लागि काठमाडौं ल्याइएको छ । हिजो नै उनलाई बयानका लागि पोखराबाट काठमाडौं ल्याइएको काठमाडौं प्रहरी प्रमुख वसन्त रजौरेले जानकारी दिए ।

कुमार रम्तेलको बयान सकेर पोखरा पठाइएलगत्तै जोशीलाई बयानका लागि ल्याइएको हो । गोर्खा मिडिया नेटवर्कमा आएको सहकारीको रकमबारे अनुसन्धान गर्न जोशीलाई पक्राउ गरिएको थियो । सोही प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई जोशीको बयानपछि मात्रै ल्याउने तयारी काठमाडौं प्रहरीको छ ।

रविसहितका केही व्यक्तिलाई पक्राउ गर्न काठमाडौंबाट पनि पक्राउ पूर्जी जारी भइसकेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  ०९:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro