site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सबैसँग सल्लाह गरेरै संविधान संशोधन गरिने छ : देउवा
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै दल र सरोकारवालासँग सल्लाह गरेरमात्रै आवश्यक विषयमा संविधान संशोधन गरिने बताएका छन् । नेपाल डेमोक्रयाटिक लयर्स एसोसिएसन (डिएल नेपाल) को ३५औँ स्थापना दिवसका अवसरमा आज आयोजित एक कार्यक्रममा उनले सत्ताघटक दलसँग सल्लाह भएर नै संविधान संशोधन गर्ने भनिएको बताए ।

आफू र आफ्नो पार्टीले कुनै पनि प्रजातान्त्रिक अधिकारसँग कुनै सम्झौता नगर्ने कुरामा ढुक्क हुन आग्रह गर्दै देउवाले वतर्मान प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पनि प्रजातन्त्रका लागि लडेको व्यक्ति भएको बताए ।

उनले संविधान कार्यान्वयनका क्रममा देखिएका चुनौती र जनभावनाअनुसार मात्रै संविधान संशोधन गरिने बताउँदै भारतमा जस्तो उपराष्ट्रपतिलाई राष्ट्रियसभाको अध्यक्ष बनाउन सकिने तर्क गरे ।

प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  २३:०१
प्रतिक्रिया दिनुहोस्