site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बीपी राजमार्ग रातिको समयमा दैनिक सात घण्टा बन्द रहने
फाइल तस्बिर ।

काभ्रेपलाञ्चोक । बीपी राजमार्गमा आज राति ९ बजेदेखि बिहान ४ बजेसम्म प्रत्येक दिन सडक बन्द हुने भएको छ । सडक डिभिजन कार्यालय भक्तपुरले आज एक सूचनामार्फत राजमार्गको प्रस्थानबिन्दु धुलिखेलदेखि सिन्धुलीको बर्खेखोलासम्म डाइभर्सन मर्मत भइरहेको जनाउँदै राति सात घण्टा बन्द गरिने जनाएको हो । 

राजमार्गअन्तर्गत धुलिखेलदेखि बर्खे खोलासम्मको सडकखण्डमा चौकीडाँडा, नार्के बजार र कालढुंगा (भ्याकुरे खोला) देखि माम्तीखोलासम्म डाइभर्सन मर्मत भइरहेको छ । अर्को सूचना जारी नभएसम्मका लागि राजमार्गमा तोकिएको समयमा राति गाडी नचलाउन आग्रह गरिएको हो । 

यसैबीच, गत असोज दोस्रो साता बाढीपहिरोका कारण क्षतिग्रस्त भई अस्थायीरूपमा एकतर्फी सञ्चालनमा ल्याइएको बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको बर्खेखोलासम्मको सडकखण्डमा लगाइएको रोकसमेत कायमै छ । सुक्खा पहिरो जान सक्ने भएकाले रातिको समयमा यातायात सञ्चालनमा कार्यालयद्वारा रोक लगाइँदै आइएको हो । 

सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले अस्थायीरूपमा निर्माण गरिएको सडकमा पहिरो आउन सक्ने भएकाले तत्कालै खोल्ने अवस्था नरहेको बताए । असोज अन्तिम सातादेखि वैकल्पिक ट्रयाक निर्माण गरेर उक्त रुटमा परमिट भएका यात्रुवाहक वस र साना सवारीसाधन सञ्चालनमा ल्याइएको थियो । 

पूर्वी नेपाल जोड्ने छोटो दुरीका रूपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधन आवतजावत गर्छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  २३:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro