site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सुस्तायो कोसीको विकास खर्च, पहिलो चौमासिकमा आठ प्रतिशतमात्रै

विराटनगर । चालु आर्थिक वर्षको पहिलो चार महिनामा कोसी प्रदेशको विकास खर्च निराशाजनक देखिएको छ । नेकपा (एमाले)का हिक्मत कार्की नेतृत्वको सरकारले चालु आर्थिक वर्ष २०८१/०८२ का लागि कुल ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट ल्याएको थियो । जसमध्ये पुँजीगततर्फ १६ अर्ब २० करोड २७ लाख ९६ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

कोसी प्रदेश लेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार सरकारले पहिलो चौमासिक अवधिमा पुँजीगत (विकास बजेट) जम्मा एक अर्ब ३२ करोड ७१ लाख ५८ हजार ४११ रुपैयाँमात्र खर्च गरेको छ । जुन पुँजीगततर्फ विनियोजित बजेटको ८.१९ प्रतिशतमात्र हो ।

सरकारले चालुतर्फ कुल १९ अर्ब पाँच करोड ६५ लाख चारहजार बजेट विनियोजन गरेकामा चार अर्ब ५९ करोड ७८ लाख तीनहजार ५०७ रुपैयाँ खर्च गरेको छ । यो कुल विनियोजित चालुतर्फको बजेटको २४.१२ प्रतिशत हो ।

पुँजीगतको तुलनामा चालु खर्चतर्फ अधिक बजेट विनियोजन गर्नुपर्ने बाध्यतामा रहेको कोसी प्रदेश सरकारको आफ्नो आन्तरिक आयसमेत अपेक्षित बढ्न सकेको छैन । आन्तरिक आय बढाउने ठोस कार्ययोजना नहुँदा प्रदेश सरकार संघीय सरकारले दिने अनुदानको भरमा चल्दै आएको छ ।

आफ्नो आन्तरिक आयको दायरा फराकिलो बनाउन प्रदेश सरकार सक्रिय रहेको भन्दै मुख्यमन्त्री कार्कीले सार्वजनिकरूपमा अभिव्यक्ति दिने गरेको भए पनि व्यवहारमा भने देखिएको छैन । 

कोसी प्रदेशमा पुँजीगततर्फ सबैभन्दा धेरै बजेट भौतिक पूर्वाधार मन्त्रालयतर्फ विनियोजित छ । यो मन्त्रालयमा नौ अर्ब ९३ करोड ६१ लाख २७ बजेट विनियोजित छ । मन्त्रालयले पहिलो चौमासिक अवधिमा पुँजीगततर्फ जम्मा ८३ करोड ३८ लाख ११ हजार ५८६ रुपैयाँ खर्च गरेको छ । यो मन्त्रालयतर्फ कुल विनियोजित पुँजीगत बजेटको ८.३९ प्रतिशत हो ।

भौतिकपछि बढी पुँजीगत बजेट खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालयमा छ । यो मन्त्रालयलाई सरकारले चालु आर्थिक वर्षका लागि कुल तीन अर्ब ७७ करोड ९९ लाख ७३ हजार बजेट विनियोजन गरेको छ । पहिलो चौमासिकमा यस मन्त्रालयले पुँजीगततर्फ जम्मा ३७ करोड ९३ लाख ६३ हजार ४४५ रुपैयाँ मात्र खर्च गर्न सकको छ । पुँजीगततर्फ पर्यटन वन तथा वातावरण मन्त्रालयमा एक अर्ब ३ करोड ९३ लाख ८० हजार बजेट छ ।

यस मन्त्रालयले चालु आर्थिक वर्षको चार महिनामा चार करोड ४७ लाख २१ हजार ४२५ रुपैयाँमात्र खर्च गरेको छ । सरकारले पर्यटन वर्ष घोषणा गरी धेरैभन्दा धेरै पर्यटक कोसी प्रदेश भित्र्याउने सार्वजनिक गरे पनि मन्त्रालयले खास गतिविधि गर्न सकेको छैन ।

संघीय सरकारको अनुदानसमेत र आफ्नो आयसमेत गरी विभिन्न राजस्व शीर्षकका कोसी सरकारले पहिलो चौमासिक अवधिमा कुल सात अर्ब ७६ करोड ९० लाख ८५ हजार ८५६ रुपैयाँ आम्दानी गरेको छ । जसमा घर जग्गा रजिस्ट्रेसन, सवारी साधन कर, वनक्षेत्र रोयल्टी, विज्ञापन कर, मनोरन्जन कर आदिको हिस्सा न्यून छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  २२:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro