site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चुनावका लागि के तयारी गर्दैछन् प्रमुख दल ?
SkywellSkywell

काठमाडौं । चुनावको मिति तय हुन नसके पनि प्रमुख दल भने चुनाव केन्द्रित गतिविधिमा जुटेका छन् ।
कांग्रेस, एमाले र माओवादी केन्द्रले आ–आफ्नै तरिकाले आन्तरिक तयारी तीव्र पारेका छन् । राप्रपाले पनि महाधिवेशन लगत्तै चुनावी अभियानलाई तीव्रता दिने जनाएको छ भने अहिले गाउँ, नगर र जिल्ला अधिवेशनलाई पनि चुनावी तयारीकै रुपमा लिएको जनाएको छ ।

तर स्थानीय निर्वाचनका बारेमा भने अहिलेसम्म कुनै सहमति जुट्न सकेको छैन ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधन नभएसम्म कुनै पनि हालतमा चुनावमा जान नसकिने निष्कर्ष निकाल्दै निर्वाचनको मिति घोषणा भए आन्दोलनमा जाने चेतावनी दिएको छ । उसले जबर्जस्ती गरे मधेसमा चुनाव हुन नदिने तयारी थालेको छ ।

KFC Island Ad
NIC Asia

सरकारले निर्वाचन आयोगलाई निर्वाचनको तयारी गर्न निर्देशन दिए पनि सत्तारुढ केही दल र विपक्ष एमाले भने चुनाव हुनेमा अझै विश्वस्त भने भएका छैनन् ।
एमालेले भने सरकार निर्वाचन नगराउने र ‘आयु लम्ब्याउने खेलमा’ मात्रै लागेको जिकिर गर्दै आएको छ ।

चुनावकै लागि एमालेले १ मंसिरदेखि निर्वाचन केन्द्रित चार महिने जागरण अभियान सञ्चालन गरिरहेको छ । त्यस्तै उसले २१ फागुनदेखि तराई केन्द्रित दोस्रो अभियान सुरु गर्न लागेको जनाएको छ ।

Royal Enfield Island Ad

यस्तै कांग्रेसले पनि विगत एक महिनादेखि देशव्यापी केन्द्रीय प्रतिनिधि खटाएको छ । उसले संगठन सुदृढिकरण, क्रियाशील सदस्यता वितरण, जनता र नेता कार्यकर्ताबीचको सम्बन्ध सुदृढिकरण गर्दै चुनावी तयारीमा जुट्न केन्द्रीय नेताहरूलाई गाउँ– गाउँ पठाएको हो ।

कांग्रेसले शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा चुनावी अभियान सुरु भएको उद्घोष गर्यो । कांग्रेस सभापति शेरबहादुर देउवा, वर्तमान सरकारमा रहेका मन्त्रीहरू सहभागि कार्यक्रममा नेताहरूले चुनावी अभियान सुरू भएको जानकारी गराउँदै निर्वाचनमुखी कार्यक्रम अघि बढाउन कार्यकर्तालाई निर्देशनसमेत दिएका थिए । 


ओलीले संविधान कार्यान्वयन गर्ने मौका चुकाए
नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले संविधान कार्यान्वयनका लागि पनि निर्वाचन अपरिहार्य रहेकाले कांग्रेसले आन्तरिक तयारी थालेको बताए । 
कांग्रेस केन्द्रिय सदस्य समेत रहेका पौडेलले नेकपा एमालेले मौका पाएर पनि संविधान कार्यान्वयनमा चुकेको हुँदा कांग्रेस सहभागि सरकारले स्थानीय चुनाव गराउने बताए ।

नेकपा एमालेले संविधान कार्यान्वयन गर्ने मौका चुकाएको बताएका छन् । “संविधान जारी भएको पहिलो नौ महिना उहाँले नै नेतृत्व गर्नुभएको हो । आफू प्रधानमन्त्री भएको बेला संविधान कार्यान्वयनमा सिन्को भाँच्न नसक्नेले अरुलाई संविधान कार्यान्वयन गर भन्न सुहाउँदैन,” उनको टिप्पणी थियो । उनले मुलुक क्रमशः निर्वाचनउन्मुख भएकोसमेत बताए ।

उनले राष्ट्रियताको नाममा पहाड–मधेसका कित्ता छुट्टयाउन लागिएको भन्दै कांग्रेसले त्यसलाई मेटाउन पनि चुनाव केन्द्य्रित कार्यक्रम अघि सार्न लागेको बताए ।

“एकाथरीले पहाडमा बसोबास गर्नेलाई पहाडीया शासक देख्ने, अर्कोथरीले तराईमा बस्नेलाई विखण्डनकारी सोच्ने, यो दुई अतिवादलाई चुनावमार्फत कांग्रेस तोड्न चाहन्छ । तराईंबासी देशका जंगेपिलर हुन् ।”

एमाले अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा संविधान संशोधन गरेर चित्त बुझाउँछु भन्ने र सरकारबाट हटेपछि संविधान संशोधन गर्नै हुन्न भन्नु आश्चर्यजनक अभिव्यक्ति भएको बताए ।

सरकारको औचित्य समाप्त हुँदैछ : एमाले
सरकार निर्वाचन नगराउने दिशामा अघि बढेकाले सरकारको औचित्य समाप्त हुँदै गएको एमालेको निष्कर्ष छ । “आफूले मिति तोकेर निर्वाचन आयोगलाई पत्र लेख्नुपर्नेमा आयोगलाई जिम्मा दिएको जस्तो गरिएको छ । सरकार निर्वाचन टार्ने मस्थितिमा छ,” एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले बाह्रखरीसँग भने, “सरकारको औचित्य समाप्त हुँदैछ ।”

एमाले निर्वाचनको लागि सदैव तत्पर रहेको उनको भनाई थियो । “एमाले निर्वाचनको लागि सधैँ तयार छ । देशव्यापी अभियान सञ्चालन गरिरहेको छ । तर, सरकार निर्वाचनको मिति नै तोक्दैन,” उनले प्रष्ट पारे ।

स्थानीय निकायको निर्वाचन गर्ने कि तहको गर्ने भनेर कांग्रेस–माओवादी केन्द्रबीच झगडा चर्किएको भन्दै त्यही कारणले निर्वाचनको मिति नतोकिएको आँकलन गरे । 
माओवादी केन्द्र पनि तयारै छ
माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माओवादी केन्द्रले पनि निर्वाचन केन्द्रित कार्यक्रम सुरु गरिरहेको जानकारी दिए । “माओवादी केन्द्रले पनि विगत एक महिनादेखि अभियान सञ्चालन गरिरहेको छ । नगर, गाउँ घर–घर जाऔँ, माओवादी केन्द्रलाई विजय बनाऔँ भन्ने अभियान सञ्चालन गरेर निर्वाचन केन्द्रित कार्यक्रम सुरु गरिसकेको छ,” उनले थपे ।

निर्वाचनको मिति तोक्न किन ढिला भयो त भन्ने जिज्ञासामा उनले भने, “मधेसी मोर्चालगायत असन्तुष्ट सबै पक्षलाई सहमतीमा ल्याउन खोज्दा मिति तोक्न ढिलाइ भएको हो । मिति नतोक्दैमा निर्वाचनको तयारीमा ढिलाइ भएको छैन । सरकारले निर्वाचन आयोगलाई पत्र लेखेर तयारी थाल्न आवश्यक निर्देशन दिइसकेको छ ।”

राप्रपाका सह–प्रवक्ता मोहन श्रेष्ठले  स्थानीय निर्वाचनमा सबैभन्दा बढी राप्रपा नै सक्रिय भएको बताए ।

उनले महाधिवेशनको तयारी र स्थानीय निर्वाचनको तयारी सँगसँगै भएकाले अहिले राप्रपाका नेताहरु २४० वटै निर्वाचन क्षेत्रसहित गाउँ गाउँमा पुगेको बताए ।
“सबैभन्दा बढी चुनावको तयारी राप्रपाले गरिरहेको छ,” उनले भने, “२४० निर्वाचन क्षेत्रमै पार्टीका गतिविधि भएको छ । यो महाधिवेशन सँगसँगै स्थानीय चुनावको तयारी पनि हो ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २३, २०७३  १६:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro