विशेष
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक बाँसबारीका माझि बस्तीमा रहेका २५० मध्ये अहिलेसम्म १४ वटा मात्र घर पुनर्निर्माण भएका छन् । सरकारले भने बमोजिम घर बनाउँदा १० लाख खर्च हुने, मापदण्ड पूरा नगर्दा राहत रकम नपाइने उनीहरुको गुनासो रहेको छ ।
“पहिलो किस्ता घडेरी खार्दैमा सकियो,” स्थानीय दलबहादुर माझि भन्छन्–,“अब घर कसरी बनाउँनु, सरकारले दोस्रो किस्ताका लागि विभिन्न प्रावधान राखेको छ । त्यो पूरा गर्नै सकिन्नँ । हामी गरिबका लागि के को सरकार ? सरकार छ र देशमा ?”
उनले आफूजस्तै २ सय बढी घरधुरीको समस्या एउटै रहेको गुनासो पोखे ।
प्रकाशित मिति: बुधबार, माघ १२, २०७३ १३:०२
प्रतिक्रिया दिनुहोस्