काठमाडौं । दक्षिण कोरियाको राष्ट्रपतिय घोटाला काण्डकी प्रमुख विवादित पात्र चोइ सुन सिलकी छोरी चुङ युरालाई डेनमार्क प्रहरीले पक्राउ गरेको बीबीसीले जनाएको छ ।
समाचारअनुसार उनलाई अब दक्षिण कोरियाली अधिकारीसमक्ष सुपुदर्गी गरिनेछ ।
राष्ट्रपति पार्क गेउन हेइको बाल्यकालदेखिको साथी चोइ सुन सिलले राष्ट्रपतिको सम्बन्धको दुरुपयोग गरेर अनुचित व्यक्तिगत फाइदा लिएको तथा राष्ट्रपतिको काममा हस्तक्षेप गरेको आरोप लागेको थियो ।
यसमा चुङ युरालाई दक्षिण कोरियाको सबैभन्दा राम्रो विश्वविद्यालयमा भर्ना गराएको एक घटनासमेत भएको बताइएको छ ।
यो विषयमा हप्तौंको विरोध प्रदर्शनपछि डिसेम्बर ९ मा संसदले राष्ट्रपतिलाई महाभियोग लगाएर हटाएको थियो ।
तर, आमाछोरीले नै उनीहरुविरुद्ध लागेको आरोप अस्वीकार गर्दै आएका छन् । आमा चोइ सुन सिल हाल प्रहरी हिरासतमा छन् ।