site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दाउरा बालेर आगो ताप्‍नु स्वास्थ्य र वातावरणका लागि कति जोखिम ? (तस्बिरसहित)
Tiktok banner adTiktok banner ad

काठमाडौं । चिसो बढेसँगै दाउरा बालेर आगो ताप्‍ने क्रम बढेको छ । काठमाडौंभन्दा पनि तराईका जिल्लामा दाउरा बालेर आगो ताप्‍ने क्रम उच्च रहने गरेको छ । तराईका कतिपय स्थानीय तहले नागरिकलाई आगो ताप्‍न निःशुल्क दाउरा नै वितरण गर्दै आएका छन् ।

चिसोबाट बच्न चोकचोकमा दाउरा बालेर आगो ताप्‍ने गरिए पनि स्वास्थ्यका लागि भने यो निकै जोखिमपूर्ण रहेको स्वास्थ्कर्मीहरू बताउँछन् । सकेसम्म धुँवाबाट जोगिन उनीहरूको सुझाव छ । छातीरोग विशेषज्ञ डा. नीरज बम धुवाँका कारण थुप्रै रोग लाग्ने भन्दै यसबाट सकेसम्म टाढै रहन सुझाव दिन्छन् । धुवाँबाट निस्किने ग्यासहरूले फोक्सोमा क्यान्सरसमेत गराउने भएकाले यसबाट सतर्क रहनुपर्नेमा उनको जोड छ । 

“घरेलुजन्य फोहोर प्लास्टिक, कागज, कार्टुनहरू, पराल बाल्दा निस्कने एक सयभन्दा बढी प्रकारका ग्यासले हाम्रो शरीरलाई नकारात्मक असर गर्दछन्,” डा. बम भन्छन्, “यस्ता ग्यासहरू फोक्सोको क्यान्सरको कारक हुनसक्छन् । त्यसैले यसबाट निस्किने धुवाँबाट हामी सधैं टाढै रहनुपर्छ ।” सकेसम्म यसलाई जलाउन नहुने उनी बताउँछन् । 

स्वास्थ्यलाई मात्रै होइन वातावरणमा पनि उत्तिकै नकारात्मक असर पर्ने वातावरणविद्हरू बताउँछन् । फोहोर प्लास्टिक, कागज, कार्टुनहरू, पराल, दाउरा बाल्नु वायुलाई प्रदूषित बनाउने भएकाले सकेसम्म धुवाँ आउने सामग्री नबाल्न वातावरणविद् इन्दुविक्रम जोशी सुझाउँछन् । “जाडो मौसममा हुने चिसोमा हामी दाउरा, कार्टुन तथा अन्य सामग्री बालेर चोकचोकमा ताप्‍ने गर्छौं । न्यानो हुनका लागि अपनाइएको यो उपाय त राम्रै हो । तर, यसले वायु प्रदूषित गराइरहेको हुन्छ । वायु प्रदूषण कम गर्ने हो भने हामीले धुँवा आउने कुरा बाल्नु हुँदैन,” वातावरण विभागका उप-महानिर्देशकसमेत रहेका जोशी भन्छन्, “यो जाडो मौसममा हाम्रोमा अति धेरै चोकचोकमा आगो बालेर ताप्‍ने चलन छ । यसले हामीले सास फेर्ने हावा नराम्रोसँग दूषित बनाइरहेको हुन्छ । यसबाट हामी सचेत रहनुपर्छ ।” 

गरिबीका कारण आगो नबाल्नुस् भनेर विभागले नैतिक आधारमा भन्न नसकेको तर यसले वायु प्रदूषण गराउन खेलेको भूमिका हेर्ने हो भने जाडो मौसममा धुवाँ आउने कुरा नबाल्न आग्रह गर्नुपर्ने अवस्था रहेको जोशी बताउँछन् । 

आगो बाल्ने ठाउँमा आर्थिक अवस्था सवल रहेको खण्डमा हिटर प्रयोग गरेर वायु प्रदूषण रोक्न सकिने उनी बताउँछन् । जाडो मौसममा पानी नपर्ने, घाम नलाग्ने र बादल लाग्ने भयो भने जमिनको धुलो तथा धुवाँ वायु मण्डलको तल्लो तहमै रहने भएकाले वायु प्रदूषण धेरै हुन्छ । जसले स्वास्थ्यमा प्रतिकूल असर पुर्‍याउँछ । 

अहिले काठमाडौंमा एयर क्‍वालिटी इन्डेक्स १५० देखि २०० सम्म रहेको छ । यो इन्डेक्स ५० रहेको अवस्था स्वास्थ्यका लागि सामान्य हो । इन्डेक्स १०० सम्म रहनु मध्यम मानिने गरेको विभागका उप-महानिर्देशक जोशी बताउँछन् । 

“अहिले १५०-२०० सम्म इन्डेक्स छ । यो पनि स्वास्थ्यका लागि त जोखिम नै हो । तर हामी पोलुटेड सहरमा बस्ने भएकाले यतिसम्म हुनु सामान्य नै मान्दै आएका छौं,” उनी भन्छन्, “भैंसेपाटीलगायत केही ठाउँमा त १५० भन्दा तल पनि झरेको छ । अब पानी परेपछि र हावा चल्न थालेपछि वायु प्रदूषण केही कम हुन्छ ।” पुसको तेस्रो साता काठमाडौं, नेपालगन्जलगायत सहरमा वायु प्रदूषणले खतराको तह पार गरेपछि वातावरण विभाग र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गरेर सकेसम्म घरबाहिर ननिस्कन आग्रह गरेका थिए ।
No description available.

 

No description available.
-तस्बिरहरु : हरिशजंग क्षेत्री/बाह्रखरी

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २०, २०७७  ०५:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro