एजेन्सी । यो सिजनको इंग्लिस प्रिमियर लिगमा लिभरपुलले आफ्नो विजयी यात्रा शनिबार पनि कायमै राखेको छ । शनिबार राति भएको खेलमा लिभरपुलले साउथह्याम्टनलाई पराजित गरेको हो । साउथह्याम्टनलाई लिभरपुलले ३—० गोल अन्तरले पराजित गर्दै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको छ ।
लिभरपुलले साउथह्याम्टनमाथि पहिलो हाफमै ३ गोल गर्दै आफुलाई बलियो बनाइ सकेको थियो भने दोस्रो हाफमा भने गोल गर्न सकेन । खेलको दोस्रो हाफमा साउथह्याम्टनले गोल फर्काउन पनि सकेन ।
लिभरपुलका लागि पहिलो गोल खेलको १० औं मिनेटमा साउथह्याम्टनका वेल्सलेय होइटले आत्मघाती गोल गरेपछि लिभरपुलले खेलमा अग्रता बढाएको थियो । त्यस्तै, लिभरपुलका लागि दोस्रो गोल जोइल मटिपले खेलको २१ औं मिनेटमा गोल गरेका थिए ।
शुरुवाती अग्रता लिएको लिभरपुलविरुद्ध साउथह्यामटनले गोल फर्काउन भने सकेन । त्यस्तै, लिभरपुलको जितका लागि निर्णायक गोल गरेका विश्व चर्चित खेलाडी मोहमद सलाहले पहिलो हाफमा थप गरिएको समयमा गोल गरेका थिए ।
लिभरपुलले पहिलो हाफमै ३ गोल गर्दै दोस्रो हाफमा रक्षात्मक खेलेको थियो भने साउथह्याम्टनले गोल फर्काउन नसकेपछि ३—० गोल अन्तरले पराजित गरेको थियो ।
साउथह्याम्टनलाई पराजित गरेसँगै लिभरपुल ६ खेल जित्दै १८ अंकका साथ शीर्ष स्थानमा रहेको छ । लिभरपुलको शनिबारको जितसँगै लिभरपुलको इतिहासमा एकै सिजनमा लगातार ७ खेल जितेको पहिलो पटक हो ।