site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वाणिज्यदूत खड्कालाई न्युजिल्यान्ड सरकारको ‘अर्डर अफ मेरिट अवार्ड’  

अस्ट्रेलिया । न्युजिल्यान्ड सरकारले नेपाली वाणिज्यदूत दिनेश खड्कालाई ‘न्युजिल्यान्ड मेरिट अफ अवार्ड’ उपाधिबाट विभूषित गर्ने भएको छ । न्युजिल्यान्डको नेपाली समाजमा अतुलनीय योगदान दिएबापत खड्कालाई सो उपाधि प्रदान गर्न लागिएको बताइएको छ । 

न्युजिल्यान्डका प्रधानमन्त्री क्रिष्टोफर लुक्सनले पत्र पठाउँदै उनलाई सो उपाधि प्रदान गर्ने निर्णय भएको जानकारी गराएका हुन् । प्रधानमन्त्रीद्वारा हस्ताक्षरित पत्रमा ‘नेपाली समुदाय र यहाँको समाजमा खड्काको योगदान आफैँमा महत्त्वपूर्ण र गौरवशाली भएकोले न्युजिल्यान्ड सरकारको तर्फबाट यो सम्मान प्रदान गर्न लागिएको’ उल्लेख छ ।

न्युजिल्यान्डको अर्डर अफ मेरिट पाउने खड्का सम्भवतः पहिलो नेपाली मूलका नागरिक हुन् । स्थानीय राजनीति र नेपाली समुदायको सरोकारमा सधैँ अग्रस्थानमा रहेर चासो लिने खड्काले पछिल्लो कोरोनाकाल र त्यसपछिका दिनमा नेपाली विद्यार्थी र समुदायका हितमा निकै महत्त्वपूर्ण कार्य गर्दै आएका छन् । 

उनलाई नेपाल सरकारले वाणिज्यदूत नियुक्त गरेको थियो । त्यसपछि पनि बसाइ, पढाइ र कामका दौरान समस्यामा परेका नेपालीको विषयमा समाधानको बाटो खोज्ने र न्युजिल्यान्ड सरकारसँग सहकार्य गर्ने काममा खड्काले महत्त्वपूर्ण जिम्मेवारी बहन गरेका थिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  १२:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro