देश
काठमाडौं । राजस्व अनुसन्धान विभागले ललितपुरको इमाडोलबाट ठूलो परिमाणमा भेप बरामद गरेको छ । चीनबाट अवैध तरिकाले ल्याइएका ती भेपको बजार मूल्य ३० देखि ५० करोड रुपैयाँसम्म रहेको प्रारम्भिक अनुमान छ ।
चीनबाट अवैध तरिकाले भेप ल्याउने रमेश शेर्पा र पवन साह भनिने त्रिभुवन साह दुवै फरार रहेको राजस्व अनुसन्धान विभागका एक अधिकृतले बाह्रखरीलाई बताए ।
फरार शेर्पा र साहको खोजीकार्य भइरहेको छ । भेप मंगलबार राति बरामद गरिएको थियो ।
प्रकाशित मिति: बुधबार, पुस २४, २०८१ १५:३९
प्रतिक्रिया दिनुहोस्