site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रिय खेलकुद कर्णालीमा, सचिवालय काठमाडौंमा 

काठमाडौं । कर्णाली प्रदेशमा हुने १०औँ राष्ट्रिय खेलकुदको तयारीका लागि काठमाडौंमा सचिवालय स्थापना गरिएको छ । राखेप भवन त्रिपुरेश्वरमा स्थापना गरिएको सचिवालयको बुधबार खेलकुदमन्त्री तेजुलाल चौधरीले उद्घाटन गरे । 

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ यही चैत्र २३ गतेदेखि ३० गतेसम्म कर्णालीमा १०औँ राष्ट्रिय खेलकुद २०८१ आयोजना हुँदै छ ।

राष्ट्रिय खेलकुदलाई सफल बनाउनका लागि आवश्यक कामकाजलाई सहजीकरण गर्न काठमाडौंमा नै सचिवालय स्थापना गरिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ । 

सचिवालयको उद्घाटन गर्दै खेलकुदमन्त्री चौधरीले माघ ३ गते राखेप बोर्डको बैठक बोलाइएको र बैठकमा १०औँ राष्ट्रिय खेलकुदका विषयमा विस्तृत छलफल हुने जानकारी दिए । 

उनले राष्ट्रिय खेलकुदलाई भव्य रूपमा सम्पन्न गर्नका लागि बजेटको अभाव नहुने भन्दै यसअघिको भन्दा भव्य रूपमा सम्पन्न गर्ने जिकिर गरे । मन्त्री चौधरीले २७ वटा संघमध्ये कतिपय संघ सक्रिय नरहेको अवस्थामा संघलाई कारबाही गरेको र त्यसकै कारण प्रशिक्षक र खेलाडीरुलाई कुनै असर नपर्ने बताए । 

त्यस्तै, राखेप सदस्यसचिव टंकलाल घिसिङले खेलकुदका लागि प्रदेशले छनोट कार्यलाई अन्तिम चरणमा पुर्याएको बताए । प्रतियोगितामा सहभागी विभिन्न टोलीलाई आवश्यक बजेट उपलब्ध गराउने र टोली व्यवस्थापनको जिम्मेवारी पनि उनीहरूलाई नै दिइने जानकारी उनले दिए । 

१०औँ राष्ट्रिय खेलकुदमा यसअघिको भन्दा पनि बढी संख्यामा टोली र खेलाडीलाई सहभागी गराउने राखेपले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  १६:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro